जनता टाइम्स

९ असार २०७८, बुधबार ०७:३६

नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या, बिहानदेखि फोन नलाग्दा सेवाग्राही समस्यामा



काठमाडौ, असार ९ । नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । बुधवार बिहानैदेखि काठमाण्डौसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ । तर, के कारण समस्या देखिएको भन्ने थाहा भएको छैन । मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही मर्कामा परेका छन् । यसअघि पनि बेला बेलामा टेलिकमको सेवामा समस्या हुने गरे पनि मर्मत पछि फेरि सेवा सुरु गरेको थियो ।