जनता टाइम्स

१३ असार २०७८, आईतवार १९:१८

विश्वमै अब्बल नेपालका प्रहरी अधिकृत


काठमाडौं, असार १३

संयुक्त राष्ट्रसंघले दक्षिण कोरियामा सञ्चालन गरेको अन्तर्राष्ट्रिय तालिम युनाइटेड नेसन्स चाइल्ड प्रोटेक्सन कोर्समा सहभागी नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृतहरू अब्बल ठहरिएका छन् । सो तालिममा नेपाल प्रहरीका उपरीक्षक सन्दीप भण्डारी र सशस्त्र प्रहरीका नायब उपरीक्षक सुरेश गैरेको समूह प्रथम भएको छ ।

विश्वका विभिन्न मुलुकबाट छानिएर आएका २२ जना वरिष्ठ अधिकृतमा नेपालबाट सहभागी समूहले सबैलाई पछि पारेको हो । प्रहरी उपरीक्षक सन्दीप भण्डारी नेपाल प्रहरीमै इमानदार तथा उत्कृष्ट छवि बनाउनुभएको अधिकृतमा चिनिनुहुन्छ ।

हाल नक्सालस्थित १ नम्बर सशस्त्र प्रहरी गणमा गणपतिका रूपमा कार्यरत भण्डारीले यसअघि मोरङ जिल्लामा रहँदासमेत निकै ख्याति कमाउनुभएको थियो । त्यसअघि लमजुङलगायत प्रहरी मुख्यालयको कर्मचारी प्रशासन प्रमुख रहँदासमेत संगठनलाई आवश्यक नीति निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेका कारण पटक–पटक सम्मानित गरिएको थियो ।