जनता टाइम्स

१५ असार २०७८, मंगलवार १७:३४

आज ४३४८ कोरोना संक्रमित निको, २६३६ मा संक्रमण


काठमाडौं, असार १५

नेपालमा आज ४,३४८ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्। विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका संक्रमितहरु संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानाएको छ । यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या पाँच लाख ९२ हजार ५३५ पुगेको छ।

पछिल्लो २४ घण्टामा २,६३६ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार ११ हजार ७४८ जनामा गरिएको परीक्षणमा २ हजार ६३६ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार ७ हजार २५९ जनामा आरटी पीसीआर र ४ हजार ४८९ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। यसमध्ये पीसीआरबाट १ हजार ७२८ र एन्टिजेनबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा नेपालमा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ९ हजार ७१ पुगेको छ।