काठमाडौं, असार १६
नेपालमा लकडाउन खुकुलो भएसँगै कोरोना भाइरस संक्रमण पुनः बढेको पाइएको छ । आज २ हजार ८९२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै फेरि संक्रमण दर बढेको हो । यो संख्या भनेको परीक्षण गरिएकोमध्ये पोजेटिभ देखिएको दर २६.३ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार सोही अवधिमा ३ हजार ५९७ जना निको भएका छन् ।
प्रवक्ता पौडेलले फेरि संक्रमण बढ्न थालेको भन्दै सावधानी अपनाउन सबैलाई अपिल गर्नुभएको छ । उहाँले बैशाख र जेठ महिनामा छुटेका गरि आज मन्त्रालयले ४१ जना मृतकको तथ्यांक सार्वजनिक गर्नुभएको छ । सक्रिय संक्रमितको संख्या घट्दै गएपनि संक्रमणदर अझै २५ प्रतिशतमाथि नै रहेको छ । देशभर हाल ३३ हजार ५६१ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा ७ हजार १८७ पीसीआर र ४ हजार ३८१ जनाको एन्टीजेन गरि जम्मा ११ हजार ५६८ जनाको कोरोना परीक्षण भएको छ । जसमा १८ सय ८९ पीसीआर र १००३ जनाको एन्टीजेनमा पोजेटिभ देखिएको छ । त्यस्तै आज काठमाडौं उपत्यकामा आज ५७२ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ४३६, भक्तपुरमा ४७ र ललितपुरमा १८९ गरी ५७९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको हो ।













प्रतिक्रिया दिनुहोस्