जनता टाइम्स

१२ श्रावण २०७८, मंगलवार ०७:५८

प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयका प्रवक्ता फेरिए


काठमाडौं, साउन १२ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयका प्रवक्ता हेरफेर गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रवक्ताको जिम्मेवारी सहसचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव फणिन्द्रमणी पोखरेललाई दिइएको हो ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ताको जिम्मेवारीमा रहनुभएका सहसचिव किरणराज शर्मा सचिवमा बढुवा भएपछि कार्यालयको पूर्वाधार विकास महाशाखा हेर्ने सहसचिव रावतलाई प्रवक्ताको जिम्मेवारी दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यस्तै यसअघि गृह मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीमा रहनुभएका सहसचिव जनकराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी दिइएपछि विभागमा महानिर्देशकको जिम्मेवारीमा रहनुभएका पोखरेललाई काज सरुवा गरेर शान्ति सुरक्षा महाशाखाको प्रमुखसहित गृह प्रवक्ताको जिम्मेवारी दिइएको निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।