जनता टाइम्स

१५ श्रावण २०७८, शुक्रबार ०७:५२

ललितपुरमा आजदेखि ४५ वर्षमाथि उमेरका नागरिकलाई भेरोसेल खोप लगाइँदै


काठमाडौं, साउन १५ ।  ललितपुर महामनगरपालिकाले आजदेखि ३ दिनसम्म कोरोनाविरूद्ध खोप लगाउने भएको छ।महानगरले ४५ वर्ष र सोभन्दा माथिका नागरिकलाई लक्षित गर्दै साउन १५, १६ र १७ गते भेरोसेल खोपको पहिलो मात्रा लगाउन लागेको हो। महानगरका २९ वटै वडाहरूका खोप केन्द्रबाट खोप लगाइनेछ।यस्तै साउन १८ मा जोनसन एन्ड जोनसन खोप कार्यक्रम पनि सञ्चालन गर्ने तयारी छ। यसबारे पछि सूचना दिने महानगरले जनाएको छ।