जनता टाइम्स

१९ श्रावण २०७८, मंगलवार १५:५०

देउवा सरकारको काण्डैकाण्डको भण्डाफोर गर्दै महेश बस्नेतले संसदमा सुनाए दमदार कविता (पूर्णपाठ)


काठमाडौं, साउन १९ । नेकपा एमालेका नेता महेश बस्नेतले शेरबहादुर देउवा नेतृत्वको सरकारले २२ दिनमा गरेको काण्डलाई कविताबाटै भण्डाफोर गर्नुभएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा शून्य समयमा पूर्वमन्त्रीसमेत रहनुभएका बस्नेतले कवितामार्फत देउवा सरकारको कर्तुत भण्डाफोर गर्नुभएको हो । केपी बा आइ लभ यू भन्दै कविता बाचन गर्नुभएको हो ।

यस्तो छ सांसद बस्नेतको कविता :

एसएसबीले तुइन काटे,
जयसिंह धामी महाकालीमा डुबे,
सरकार भन्छ मैन बस
समाचार नबनाऊ,
प्रधानमन्त्री भन्नुहुन्छ खोपो–खोप, खोप,
कांग्रेसको मेयरको घरमा खोप
उपसभापतिको घरमा खोप
होटेलमा सत्तापक्षको कार्यकर्तालाई खापै खोप
जनता दिनरभर लाइनमा खोप न सोप ।

विचरा, सरकार व्यापारीलाई मन्त्री बनाउँछ,
दक्ष सचिव फेर्छ,
वीर हस्पिटलका एमडी फेर्छ
स्वास्थ्य माफियालाई संरक्षण गर्छ
देशमा बाढीपीडित जनता रातह पाइनँ भनेर कराउँदै छ
कांग्रेसमा विपक्षीहरु मन्त्री नपाए सत्तामा जान्न भन्दै छन ।
कांग्रेसका वडा अध्यक्षहरु नगरपालिकाको कार्यलयहरु फोड्दै छन ।
माओवादी जसपा भन्दैछन,
मन्त्री संख्या नबढाए सांसदले आत्महत्या गर्ने भए,
दिमागमा आतंका ल्याए,
भुकम्प ल्याए ।

परमादेशबाट बनेको सरकार तीन हप्ता भएछ ।
मन्त्रिपरिषद गठन भएन,
न्युनतम साझा कार्यक्रम आएन,
प्रधानमन्त्री, अब बेरोजगार भएका त्रिपाठीहरुलाई अदालत पठाउनोस ।
फलाना पार्टीका फलना मन्त्रीलाई मन्त्री बनाइ पाउँ भनेर परमादेश जारी गराउनोस
नत्र जनादेशविनाको सरकार चल्लाजस्तो देखिएन,
अब जनता भन्दैछन, ‘केपी बा आइ लभ यू ।’