जनता टाइम्स

२६ श्रावण २०७८, मंगलवार २१:३७

कांग्रेस महामन्त्री खड्काको घरमा किन पुगिन रामकुमारी झाँक्री ?


काठमाडौं, साउन २६ । नेकपा एमालेको माधवकुमार नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले मंगलबार बिहान नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गनुभएको छ । खड्काको गोल्फुटारमा रहेको घरमा मंगलबार बिहान खड्का र झाँक्रीकोबीचमा भेटवार्ता भएको कांग्रेस स्रोतले जनाएको छ ।

झाँक्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जान हतारिएकी एउटा नेतृ उहाँ पनि हो । उहाँ नेपाल समूहले छुट्टै पार्टी बनाएर चाँडो सरकारमा जानुपर्छ भन्ने पक्षधारको नेतृ समेत रहेको खुलेको छ । उाहहरूको बीचमा सत्ता साझेदारीकै केही विषयमा कुरा भएको बुझिएको छ । उहाँ माधव नेपालको दूतको रूपमा खड्का निवास पुगेको कांग्रेस नेताहरूको बुझाइ छ ।

नेपालले डा विजय पौडेललाइ सत्ता साझेदारको बैठकमा पठाएपछि बिरोध भएको थियो । त्यसपछि झाँक्रीले कांग्रेस नेताहरूसँग कुरा गर्न सुरू गर्नुभएको हो । मंगलबार बिहान झाँक्रीले खड्का भेटेपछि नेकपा माओवादी कैन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार साँझ माधव नेपालसँग भेटवार्ता गर्नुभएको छ ।