जनता टाइम्स

२८ श्रावण २०७८, बिहीबार १९:३३

चिकित्सा शिक्षा अध्ययनका लागि सिटभन्दा कम विद्यार्थी उतीर्ण भएपछि पुनः परीक्षा लिन माग


काठमाडौं, साउन २८ । चिकित्सा शिक्षा अध्ययनका लागि निर्धारित कोटाभन्दा कम विद्यार्थी उतीर्ण भएपछि सत्तारुढ ५ विद्यार्थी संगठनले फेरि परीक्षा लिने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

अखिल क्रान्तिकारीको कार्यालय, बागबजारमा बसेको ५ विद्यार्थी संगठनको बैठकले शिक्षा आयोगद्वारा मेडिकल र पारामेडिकल अध्ययनका लागि लिइएको प्रवेश परीक्षाबाट क्षमताभन्दा थोरै विद्यार्थी उतीर्ण भएको र यसले मुलुकभित्र अध्ययनको अवसर नपाइ विदेश जाने परिस्थितिबाट विद्यार्थीलाई झन्झट र तनाव थपिने भएकाले तत्काल पुन प्रवेश परीक्षाको व्यवस्था गर्न सरकारलाई माग गर्ने निर्णय गरेको हो ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, नेकपा एमालेको माधव नेपाल समूह निकट अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंको संयुक्त बैठकले चिकित्सा शिक्षा अध्ययनका लागि लिइएको प्रवेश परीक्षाबाट निर्धारित कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएकाले तत्काल पुनः प्रवेश परीक्षा लिने व्यवस्था मिलाउन माग गरेका हुन् ।