काठमाडौँ , २९ साउन । यही साउन १ गतेदेखि नेपाल प्रहरीको नयाँ तलब स्केल लागू भएको छ । प्रहरी संगठनमा सबैभन्दा धेरै प्रहरी महानिरीक्षक (आईजीपी) को ६६ हजार ८ सय ६० रुपैयाँ तलब कायम भएको छ । त्यस्तै सबैभन्दा थोरै रिक्रुटले २१ हजार ४ सय ८० रुपैयाँ तलब पाउँछन् । अघिल्लो वर्षभन्दा यो वर्ष सबै पदमा समानरुपमा २ हजार रुपैयाँ तलब बढाइएको हो ।
नेपाल प्रहरीका आइजीपी र एआइजीको तलब स्केल बराबर छ । जस अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को तलब पनि ६६ हजार ८ सय ६० पुगेको छ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) को तलब ५८ हजार ३ सय १ रुपैयाँ पुगेको छ । त्यस्तै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को तलब ५५ हजार ९ सय ६४ रुपैयाँ पुगेको छ भने प्रहरी उपरीक्षक (एसपी) को तलब ५३ हजार ४० रुपैयाँ पुगेको छ ।
त्यस्तै प्रहरी नायव उपरीक्षक (डीएसपी) को तलब ४९ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ भने प्रहरी निरीक्षक (इन्स्पेक्टर) को तलब ४८ हजार १ सय २६ रुपैयाँ पुगेको छ । प्रहरी नायव निरीक्षक (सई) को तलब ३८ हजार २ सय ५६ र प्रहरी सहायक निरीक्षक (असई) को ३५ हजार २ सय ४१ रुपैयाँ तलब कायम भएको छ ।
त्यस्तै, प्रहरी हवल्दारको २९ हजार ६ सय १७, प्रहरी जवानको २८ हजार ७ सय ३६, रिक्रुटको २१ हजार ४ सय ८० रुपैयाँ कायम भएको छ । त्यस्तै फलोअर्स, सयस सुरुको तलब स्केल २१ हजार ४ सय ८० रुपैयाँमा १०औं ग्रेडको प्रतिग्रेड ७ सय १६ रुपैयाँका दरले २८ हजार ६ सय ४० रुपैयाँ कायम गरिएको छ ।














प्रतिक्रिया दिनुहोस्