जनता टाइम्स

३२ श्रावण २०७८, सोमबार १६:५७

आज ३४५१ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु


काठमाडौं, साउन ३२ । नेपालमा आज ३ हजार ४ सय ५१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २४ सय ५८ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९३ जनाको पीसीआर र ५ हजार ५१८ जनाको एन्टीजेन गरि १५ हजार ६११ जनाको कोरोना परीक्षण भएको छ ।

देशभर सक्रिय संक्रमितहरुको संख्या ३९ हजार ३७१ रहेको छ । हालसम्म १० हजार ३२७ जनाको मृत्यु भइसको छ ।