काठमाडौं, १ भदौ । नेकपा एमालेले आज ९मंगलबार० स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको छ ।सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउनुभएको हो । आज बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठकलगत्तै संसदीय दलको बैठक पनि बस्ने जनाइएको छ ।सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाउनुभएको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गनुभएको छ ।
एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दै













प्रतिक्रिया दिनुहोस्