जनता टाइम्स

५ भाद्र २०७८, शनिबार ०७:४७

पीएसजीको लगातार तेस्रो जित


काठमाडौं, भदौ ५ । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार तेस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा ब्रेस्टलाई ४-२ गोल अन्तरले पराजित गर्दै पीएसजीले अपराजित यात्रा कायम राखेको हो ।पीएसजीलाई जित दिलाउन एण्डर हेरेरा, केलियन एमबाप्पे, इद्रिसा गाना र एन्जल डी मारियाले एक एक गोल गरे ।ब्रेस्टका फ्रान्क होनोराट र स्टिभ मौनीले एक एक गोल फर्काए ।

खेलको २३ औं मिनेटमा हेरेराले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।३६ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।खेलको ४२ औं मिनेटमा फ्रान्कले गोल गर्दै ब्रेस्टलाई २-१ को स्थितिमा ल्याए ।७३ औं मिनेटमा इद्रिसाले गोल गर्दै पीएसजीलाई ३-१ को अग्रता दिलाए । ८५ औं मिनेटमा ब्रेस्टका स्टिभले गोल गर्दै खेल ३-२ को अवस्थामा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा डी मारियाले गोल गर्दै पीएसजीलाई ४ २ गोलको जित दिलाए ।यस जितसँगै पीएसजीले ३ खेलमा ९ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ ।ब्रेस्टले ३ खेलमा २ अंक जोडेको छ । पहिलो हार व्यहोरेको ब्रिस्ट १२ औं स्थानमा रहेको छ