काठमाडौं, भदौ ७ । नेपालको अनौपचारिक भ्रमणमा रहेको भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवोलेले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका चौथाईवालेले आज अध्यक्ष ओलीसँग भेट गर्नुभएको हो । भेटमा नेपाल र भारतबीच द्धिपक्षीय सम्बन्ध कुरा भएको बताइएकोछ ।
नेपाली कांग्रेसको निम्तोमा काठमाडौं आएका चौथाइवालेले अन्य दलका शीर्ष नेताहरुलाई पनि भेट्ने कार्यक्रम छ चौथाइवालाले बीजेपीको भातृ संगठन स्वयंमसेवक संघ (आरएसएस)ले आज काठमाडौंमा आयोजना गर्ने एक कार्यक्रममा सहभागि हुने जनाइएको छ।













प्रतिक्रिया दिनुहोस्