काठमाडौं, १३ भदौ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ३ अर्मखुमा नेकपा एमालेको संगठीत सदस्यहरुको भेला शनिबार सम्पन्न भएको छ । थाक्रे ३ स्तरिय संगठीत सदस्यहरुको भेला आयोजना गरिएको नेकपा एमाले थाक्रे संगठन कमिटिका अध्यक्ष इश्वर अर्यालले बताउनु भएको छ ।
केन्द्रमा नेकपा एमालेबाट केहि ब्यक्तिहरु चोइटिएर गएको अवस्थामा पनि थाक्रे ३ मा एमाले एक भएको देखाउने गरी यो कार्यक्रमको आयोजना गरिएको एमाले जिल्ला कमिटि सदस्य कृष्ण पन्तले बताउनु भएको छ । एमाले पार्टी जनताको मनमा बस्न सफल रहेको अध्यक्ष पन्तको भनाई छ ।
उक्त कार्यक्रममा बोल्नु हुँदै नेकपा एमाले थाक्रेका इन्चार्ज तथा जिल्ला कमिटी सदस्य तथा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले एमालेको सदस्यता नविकरण र नयाँ सदस्यता वितरण कार्यक्रम थाक्रेमा केही दिन अगाडीबाट सुरु भएको बताउनु भएको छ । शनिबार थाक्रे ३ मा भएको संगठीत सदस्यहरुको भेलामा नेकपा माओवादी केन्द्र परित्याग गरि झन्डै एक सय जनाको हाराहारीमा एमाले प्रबेश गरेका छन् । प्रबेश कार्यक्रममा इन्चार्ज आचार्यले अबिर र खादा लगाएर सम्पुर्णलाई स्वागत गर्नुभएको थियो । नेकपा माओवादी केन्द्र थाक्रे ३ का पार्टी अध्यक्ष निकेश तामाङ सहित सिङगो टोली एमाले प्रबेश गरेको हो । कार्यक्रमका वक्ताहरुले नेपाली राजनीतिमा एमाले पार्टीको ठूलो योगदान रहेको बताएका छन् ।
देशमा १० वर्ष सम्म चलेको द्धन्दका बेलामा एमालेका जुझारु व्यक्तिहरुले बलिदान दिएर पार्टी बनाएको उनिहरुको भनाई थियो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा थाक्रे गाउँपालिकाको उपाध्यक्ष अम्बिका रुपाखेती, एमाले जिल्ला कमिटी सदस्य गोकर्ण रुपाखेती, एमाले जिल्ला कमिटी सदस्य कुमार बैरागी लगायत एमालेबाट निर्वाचित वडा अध्यक्ष, वडा सदस्यहरु लगायत अन्यको सहभागिता रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्