जनता टाइम्स

१५ भाद्र २०७८, मंगलवार १३:५९

सिंहदरबारमा स्थापना भयो नेकपा (एस) को संसदीय दलको कार्यालय


काठमाडौं, १५ भदौ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई संघीय संसद सचिवालयले कार्यालय उपलब्ध गराएको छ । नेकपा एमालेबाट विभाजित भई हालै नेपालले गठन गरेको नेकपा (एस) लाई संघीय संसद भवन सिंहदरबारमा कार्यालय उपलब्ध गराएको हो ।

नेकपा (एस) का सांसद जीवनराम श्रेष्ठकाअनुसार संघीय संसद भवन नम्बर १ को दोस्रो तल्लामा नेपालका लागि अलग्गै कार्यालयको पनि व्यवस्था गरिएको छ । पार्टीको चुनाव चिन्ह निर्क्यौल गर्न नसकेको नेकपा (एस) को पार्टी कार्यालय भने अझै पनि टुंगो लागिसकेको छैन । नयाँ पार्टीका लागि भवन र जग्गा खोज्दै गरेको नेकपा (एस) का अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।