जनता टाइम्स

२० भाद्र २०७८, आईतवार २१:०८

एकीकृत समाजवादी खारेज हुन्छ : नेता महासेठ


काठमाडौं, भदौ २० । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले पदकै लागि माधवकुमार नेपालले पार्टी फुटाएको आरोप लगाउनुभएको छ । नेकपा एमालेद्वारा जनकपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता महासेठले माधव नेपालमाथि आक्रोश पोख्दै भन्नुभयो– विदेशी शक्तिले पार्टी फोड्न लगाएर माधव नेपाललाई हतियार बनायो । २२ सांसदलाई लगेर माधव नेपालले दर्ता गराएर एकीकृत समाजवादी पार्टी कानून विपरीत भएको उहाँको दावी छ । ‘कानूनविपरीत दर्ता गराएको पार्टी खारेज गर्न हुन्छ, सायद भोलि अदालतले फैसला गर्छ’, उहाँले भन्नुभयो , ‘त्यसपछि माधव नेपाल कांग्रेस, माओवादी वा जसपा प्रवेश गर्छन्, उहाँको अर्को विकल्प छैन ।’ दुवै टक माधव नेपालकै कारण तत्कालीन प्रधानमन्त्री केपी ओली संसद विघटन गर्न बाध्य भएको नेता महासेठले बताउनुभयो । ‘यदि २२ सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव नगरेको भए दोस्रोपटक संसद विघटन हुने थिएन’, उहाँले भन्नुभयो ।