काठमाडौं, भदौ २८ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरेको आरोप लगाउनु भएको छ ।
सिन्धुपाल्चोक कांग्रेसले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरेको आरोप लगाउनु भएको हो । पार्टीको १४औँ महाधिवेशन कार्यक्रमअन्तर्गत भएका वडा अधिवेशनमा देउवाले शक्तिको दुरुपयोग गरेको नेता पौडेलको भनाइ छ । सत्ता र शक्तिको दुरुपयोगबाट सम्पन्न भएका केही वडा अधिवेशन आफूहरूलाई मान्य नहुने चेतावनी नेता पौडेलले दिनुभयो ।
‘वडा अधिवेशनहरू भयो भनेर नाटक रच्न खोजिएको छ। धाँधलीका प्रपञ्च रच्न, यसरी सत्ता र शक्तिको दुरूपयोग गर्न कांग्रेसजस्तो पार्टीलाई सुहाउँदैन। यसलाई मान्दैनौं,’ उहाँले भन्नुभयो । उहाँले क्रियाशील सदस्यता छानबिन गर्ने कार्यमासमेत देउवाले धाँधली गरेको आरोप लगाउनु भयो ।













प्रतिक्रिया दिनुहोस्