जनता टाइम्स

२४ मंसिर २०७९, शनिबार १८:३७

एमालेले बागमतीमा छान्यो समानुपातिकका १४ सांसद (सूचीसहित)


काठमाडौं, मंसिर २४ । नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन हुने बागमती प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले चयन गरेका १४ समानुपातिक सांसदमा ९ महिला र ५ छनोट गरेको हो ।

सांसदको सूचीमा गोरखाका डा दिनेशचन्द्र देवकोटा पनि रहनुभएको छ । उहाँको बसाई उपत्यका रहेकोले गोर्खा स्थायी घर भए पनि बागमतिबाट पर्नुभएको हो । डा. देवकोटा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत हुनुहुन्छ ।

खसआर्य महिला

भारती पाठक, मकवानपुर
अप्सरा चापागाईँ घिमिरे, ललितपुर
मायाकुमारी कार्की, रामेछाप

खसआर्य पुरुष

डा. दिनेशचन्द्र देवकोटा, गोरखा
हरिप्रसाद सापकोटा, चितवन

आदिवासी जनजाति महिला

विन्दु श्रेष्ठ, काठमाडौं
माइली तामाङ, सिन्धुपाल्चोक
सुकमाया तामाङ, सिन्धुली
सकुन्तला श्रेष्ठ राजभण्डारी, भक्तपुर
उर्मिला सुनवार, दोलखा (अल्पसंख्यक)

आदिवासी जनजाति पुरुष

आनन्दकुमार श्रेष्ठ, रामेछाप
ज्ञानबहादुर तामाङ, काठमाडौं
ठूला थामी, दोलखा (अल्पसंख्यक)

दलित

बालकुमारी विश्वकर्मा, चितवन