जनता टाइम्स

१४ माघ २०७९, शनिबार १५:०८

फेरि महाभूल गर्दैछन् प्रधानमन्त्री प्रचण्ड


प्रचण्ड प्रधानमन्त्री बन्दा नेकपा माओवादी केन्द्रको ३२ सांसदबाहेक सवै केपी ओलीले नै जुटाइ दिनुभएको हो । अव जस्ले प्रधानमन्त्रीको कुर्सीमा पुर्यायो, त्यसैलाई धोका दिन्छु भन्ने नीति लिएको हो भने प्रचण्ड अर्काे महाभूल गर्दै हुनुहुन्छ भन्ने कुरा उहाँका निकटमा रहेकाहरुले पनि बेलैमा बुझाउन जरुरी छ 

गणेश बस्नेत

नेकपा एमाले नेतृत्वको गठबन्धन बनाएर प्रधानमन्त्री बन्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले शुक्रवार पार्टी स्थायी कमिटी बैठकबाट निर्णय गराउनु भयो, ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने ।’ एमालेको भागमा परेको राष्ट्रपति पदलाई बिवादमा तान्ने यो निर्णय गर्दैगर्दा प्रचण्डले युद्धमा सर्वश्व गुमाएको सेनाको अवस्थामा पुगेको नेपाली कांग्रेसले बिश्वासको मत दिएकाले भन्ने सिरानी हाल्नुभएको छ ।

प्रधानमन्त्रीमा नियुक्त हुनुअघि गत पुस १० गते दिउसो ३ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा शक्ति बाँडफाँटसहित राष्ट्रपति र सभामुख एमालेले पाउने सहमतिलाई महिना दिनमै भुलेर प्रचण्डले गर्नुभएको यो निर्णयले कतै उहाँ पहिलाको जस्तै महाभूल त गर्दै हुनुहुन्न भन्ने आशंका पैदा गरेको छ । खोला गर्यो,लौरो बिर्स्यो भन्ने कुरा प्रचण्डका बिगतका कामले पटक पटक देखाएकै छ । यसपटक पनि कतै त्यस्तै समाप्तीको बाटो त रोजिरहनु भएको छैन भन्ने आशंका उठेको छ ।

‘केपी ओलीको प्रतिगमन’ बिरुद्ध कांग्रेससँग सहकार्यको नारा दिएर सरकारमा सहभागिता मात्रै होइन, चुनावमा पनि गठबन्धन गर्नुभएका प्रचण्डले सवैभन्दा ठूलो दल बनेपछि कांग्रेसले दिएको धोका र अपमान सहन नसकेर ‘प्रतिगमनकारी होइन, अग्रगमनकारी केपी ओली’ भन्ने निश्कर्षसहित प्रचण्ड ओलीले जुटाइदिएको बहुमत सांसद संख्याको बलमा प्रधानमन्त्री बन्नुभएको हो । तर प्रधानमन्त्री बनेको एक महिनामै उहाँले यो यथार्थ भुल्नुभएको हो कि भन्ने देखिएको छ ।

यो निर्णयले सत्ता गठबन्धनमा आशंका उत्पन्न भएको छ भने आफ्नो सर्वस्व गुमेको भन्दै निरासाको चरम सीमामा पुगेको नेपाली कांग्रेस र सो दलका शीर्ष नेताहरु उत्साहित देखिएका छन । कांग्रेसका नेताहरुभन्दा पनि हिन्दुस्तानका नेताहरु झनै धेरै उत्साहित देखिएका छन । राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाडने, माओवादीसहितका अन्य दलहरु आफूहरुले भनेको मानेर दिएको मन्त्रालय खाने भन्दै हप्काउने कांग्रेस नेताहरु प्रचण्डलाई संबिधानसभाको पहिलो निर्वाचनपछि दिएको धोकाकै शैलीमा बिगतकै जसरी बदला लिन चाहिरहेका छन ।

तात्कालिन समयमा कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने सहमति गरेर पनि प्रचण्डले धोका दिनुभएको थियो । जस्को मूल्य सिंगो मुलुकले चुकाउनु परेको र दोस्रो पटक संबिधानसभाको निर्वाचन गर्नुपरेको तितो इतिहास हामीसामू छ । पहिलो कार्यकालमा गिरिजालाई धोका दिए जसरी नै यसपटक प्रचण्ड केपी ओलीलाई धोका दिएर सवैको हुने (कसैको पनि नहुने) नीतितिर अग्रसर त हुनुभएको छैन भन्ने प्रश्न पनि उठन थालेका छन ।

सवैलाई छक्याउन सक्छु भन्ने बिगतकै जनयुद्धकालिन नीति अव कामयावी हुन सक्दैन भन्ने आत्मबोध उहाँलाई नभएको हो कि भन्ने पनि देखिएको छ । दुनियाँसामू स्थापित भएको तथ्य हो, ‘केपी ओलीले स्थिर सरकार र समृद्धिका लागि बिगतका सवै अपमानको बिष आफै पिएर प्रचण्डलाई प्रधानमन्त्री बनाउनु भएको हो । सर्वाेच्चको परमादेशबाट सत्तामा पुगेका शेरबहादुर देउवाले आफ्नो १७ महिने शासनकालमा गर्नुभएको कुकर्मले देश नै ठूलो संकटमा परेको तथ्यलाई बुझेर मुलुक जोगाउने मिसनमा ओलीले प्रचण्डलाई साथ दिएर प्रधानमन्त्री उपहार दिनुभएको हो ।

प्रचण्ड प्रधानमन्त्री बन्दा नेकपा माओवादी केन्द्रको ३२ सांसदबाहेक सवै केपी ओलीले नै जुटाइ दिनुभएको हो । अव जस्ले प्रधानमन्त्रीको कुर्सीमा पुर्यायो, त्यसैलाई धोका दिन्छु भन्ने नीति लिएको हो भने प्रचण्ड अर्काे महाभूल गर्दै हुनुहुन्छ भन्ने कुरा उहाँका निकटमा रहेकाहरुले पनि बेलैमा बुझाउन जरुरी छ ।

केही समययताको घटनाक्रम हेर्दा प्रधानमन्त्री ’प्रचण्ड’ यतिखेर अत्यन्त अस्थिर देखिनु भएको छ । उहाँ यति उद्वेलित देखिनु भएको छ कि कतिखेर के गर्ने ? के बोल्ने ? के भन्ने नै ठम्याउन सकिरहनु भएको छैन । प्रधानमन्त्री प्रचण्डका गतिविधिलाई मिहिन ढंगले केलाउने हो भने उहाँको छटपटी जतासुकै र जहिलेसुकै देखिएको छ । के गरौं, कसो गरौं ? कसरी अगाडि बढौं ? के निकास दिऊँ ? कुन बाटो हिँडौं ? हातको फालेर भुईंको टिपौं कि के गरौं ? भन्ने रफुचक्करमा रहेको प्रष्टै आभाष मिल्छ ।

सत्ताको चाहनाले प्रचण्डलाई कहाँ पुर्यायो, पुर्यायो ? कहाँ जान हिँडेका प्रचण्ड कहाँ पुगे ? यसको चेतसमेत उहाँमा हराए जस्तो पनि देखिन थालेको छ । त्यसो नहुँदो हो त एउटासँग प्रेम, अर्कैसँग बिहेवारी जस्तो अवस्था पक्कै देखिने थिएन । जनयुद्धकालिन समयमा निकै सफल र दुनियाँका लागि आकर्षण बन्नुभएका प्रचण्ड शान्ति प्रक्रियामा आएपछि यस्तै भूलका कारण क्रमश कमजोर बन्दै जानुभएको छ । उहाँको पहिलो भूल थियो–गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिको प्रस्ताव गरेर धोका दिनु ।’

जसले प्रचण्डलाई हात दिएर लोकतान्त्रिक दुनियाँमा मात्रै तानेनन, प्रचण्डलाई टेको पनि दिएर ०६२÷६३ को जनआन्दोलन पार लगाए । गणतन्त्र नेपाल घोषणा भयो । खासमा गणतन्त्र ल्याउने टेको गिरिजाप्रसाद नै बन्नुभयो । तर प्रचण्डले उहाँलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बन्न नदिएर धोका दिनुभयो । गिरिजाप्रसादलाई पहिलो राष्ट्रपति बनाएको भए, नेपाली गणतन्त्र यतिबेलासम्म न बरालिन पाउँथ्यो न त देश र जनताले सकस नै पाउनुपथ्र्यो । बेलैमा गणतन्त्र संस्थागत पनि हुने थियो ।

प्रचण्डको दोस्रो महाभूल थियो– सेनापति प्रकरण । तीन महिना पनि समयावधि बाँकी नरहेको सेना प्रमुख रुपमाङगत कटवाललाई बर्खास्त गर्ने काम गर्नुभयो । जस्को कारण आफ्नै पद गुम्यो । प्रचण्डले तेस्रो महाभूल गर्नुभयो दोस्रो संविधानसभा चुनावको मतपरिणाम आइनसक्दै पेरिसडाँडामा बाबुराम भट्टराईलाई साक्षी राखेर जनअभिमतको धज्जी उडाएर । चुनावमा धाँधली भयो, त्यसैले हामीले हार्यौं, अब चुनावी परिणाम बहिष्कार गर्छौं भन्दै मतगणनास्थल बहिष्कार गर्ने काम गरे । प्रचण्डको चौथो महाभूल थियो– केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनु ।’

संबिधान जारी भएपछि एमाले अध्यक्ष केपी ओलीले नेकपा माओवादीलाई सरकारमा सहभागी मात्रै गराउनु भएन, स्वयं प्रचण्डलाई राजनीतिक संयन्त्रको संयोजक पनि बनाउनु भयो । ओलीको पालामा प्रचण्डले कतिसम्म छुट पाउनु भएको थियो भने प्रधानमन्त्रीका दलभन्दा उपप्रधानमन्त्रीदेखि आकर्षक मन्त्रालय प्रचण्डकै रोजाइमा परेका थिए । सवै हालीमुहाली आफ्नो चल्दा पनि उहाँले सरकारबाट अलग हुने निर्णय लिनुभयो । प्रचण्डले गर्नुभएको थुप्रै भूलहरु छन । उहाँले लुम्बिनी प्रदेशलाई खण्डित गर्ने प्रचण्डको प्रस्ताव र संविधान संशोधनको नाउँमा मुलुकलाई नै एकत्रित हुन नदिने अभियान चलाएर पनि भूल गर्नुभयो । तर त्यो पार लागेन ।

प्रचण्डका बिगतका सवै कुरा बिर्सिएर यसपटक ओलीले प्रधानमन्त्री बनउनु भएको छ । अव पनि बिगतकै जसरी महाभूल गर्ने हो भन प्रचण्ड कहिल्यै उठन नसक्ने गरी सकिने निश्चित छ । इतिहासका यी तथ्यहरुलाई प्रचण्डले गम्भीर रुपमा मनन गरी सत्ता गठबन्धन जोगाउन र सहमतिमा इमान्दार बन्न जरुरी छ । अन्यथा केही महिनाभित्रै प्रचण्डको दुर्दिन सुरु हुने निश्चित छ 

प्रचण्डको छैटौं भूल थियो–नेकपा बिभाजन । आफैलाई संसदको रोष्टमबाट उभिएर सोच्नै नसकिने आरोप लगाएर नेपाली कांग्रेससँग टाँसिएर समाप्तीको डिलमा पुग्नुभएका प्रचण्डलाई २०७४ सालमा केपी ओलीले नै जोगाउनु भयो । आम निर्वाचनमा गठबन्धन गरेर चुनाव मात्र लडनु भएन, आफ्नो निर्वाचन क्षेत्रको समय कटाएर आफू जित्नेभन्दा बढी प्रचण्डलाई जिताउन लाग्नुभयो । दुई पार्टीबीच एकता भई नेकपा पनि बन्यो । तर प्रचण्ड आफ्नै उद्धार गर्ने ओलीबिरुद्ध खनिनु भयो ।

ओलीलाई सकाउने खेलमा लाग्दा आफै सकिनु भयो । नेकपा बिभाजित बन्यो । गिरिजाप्रसाद कोइराला र म समान हैसियतका भन्दै २०६४ मै भाषाण गर्नुहुने प्रचण्ड शेरबहादुर देउवाको मुन्सी बनेर बस्नुपर्यो । अघिल्लो निर्वाचनमा एमालेसँग गठबन्धन बनाएर चुनाव लडनुभएका प्रचण्ड यसपट कांग्रेससँग गठबन्धन बनाउनु भयो । एमालेसँगको सहकार्यभन्दा आधा कम सिट आयो । चुनावपछि देउवाले हैसियत बिहिन दल भनेपछि छटपट्टिएर बालकोट पुग्नुभयो ।

प्रचण्डका बिगतका सवै कुरा बिर्सिएर यसपटक ओलीले प्रधानमन्त्री बनउनु भएको छ । अव पनि बिगतकै जसरी महाभूल गर्ने हो भन प्रचण्ड कहिल्यै उठन नसक्ने गरी सकिने निश्चित छ । इतिहासका यी तथ्यहरुलाई प्रचण्डले गम्भीर रुपमा मनन गरी सत्ता गठबन्धन जोगाउन र सहमतिमा इमान्दार बन्न जरुरी छ । अन्यथा केही महिनाभित्रै प्रचण्डको दुर्दिन सुरु हुने निश्चित छ ।