जनता टाइम्स

३० बैशाख २०८२, मंगलवार १६:२१

साझा लक्ष्य प्राप्तिका लागि नेपाल अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न तयार : प्रधानमन्त्री


काठमाडौं । बैशाख ३०

प्रधानमन्त्री केपी शर्मा ओलीले साझा लक्ष्य प्राप्तिका लागि नेपाल अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्नको लागि तयार रहेको बताउनुभएको छ ।

‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आइएससी)का सहभागीसँगको भेटमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा (आइएससी) मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताउनुभयो ।प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउने विषयमा अनुभव आदानप्रदान गरिएको थियो ।

भेटमा मलेसियाली सांसदहरू दातुक विरा, डा मोहम्मद हट्टा बिन एमडी रामली, रोड्जिया बिन्ती इस्माइल र सांसद दातुक ल्यारी सङ वेइ शियनका साथै जापानका (आइएससी) का सल्लाहकार मासाइची होरी लगायत अन्य सहभागी हुनुहुन्थ्यो ।

नेपाली प्रतिनिधिका रूपमा (आइएससी) का नवनियुक्त महासचिव एवं नेपालका सांसद एकनाथ ढकाल, नेकपा (एमाले) का सचेतक सुनिता बराल र प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल सहभागी हुनुन्थ्यो ।