जनता टाइम्स

२९ फाल्गुन २०७९, सोमबार १७:४७

जहाँ बेहुला नै अन्भिएर बेहुलीको घर जान्छन् ! पुरुषहरू समान अधिकारका लागि लडिरहेका छन्


एजेन्सी, २९ फागुन । भारतको मेघालयका खासी र गारो जनजाति समुदायका पुरुषहरू महिला सरहको समान अधिकारको माग गरिरहेका छन् । यी जनजातिहरूमा विवाह हुँदा पुरुष आफ्नो घरबाट अन्भिएर केटीको घरमा जान्छन् । छोरी नै परिवार र सम्पत्तिको उत्तराधिकारी हुन्छन् । यति मात्र होइन, परिवारमा थर पनि महिला थरका आधारमा चल्छ ।

खासी गारो समुदाय आफ्नो यस्तै अचम्मका संस्कारका लागि परिचित छ । मेघालयका खासी र गारो जनजाति समुदायले शताब्दीयौंदेखि मातृवंशीय परम्परालाई पालन गर्दै आएका छन् । तर पछिल्ला केही समयदेखि यहाँ महिला–पुरुष समानताका लागि आवाज उठ्न थालेको छ ।

धेरै परिवारमा छोरी नहुने वा छोरीले आदिवासी समुदाय बाहिरको केटालाई विवाहका लागि छनोट गरेमा बाहिर जाने गरेकोले पनि यस्तो भइरहेको छ । यस्तो अवस्थामा उत्तराधिकारीमा समस्या उत्पन्न हुनेगेको छ ।

अंश र बंश दुवैमा महिलाको चल्ने भएकाले यसबाट पुरुषलाई मुक्त गर्न ३३ वर्षदेखि यहाँ संस्था नै स्थापना गरेर कार्य भइरहेको छ । सिंगखोंगग (एउटा नयाँ घर) मेघालयको मातृवंशीय प्रणालीको अन्त्य गर्न काम गर्ने संस्था हो । यो संस्था अप्रिल, १९९० मा स्थापित भएको थियो । संस्थाका अधिकारीहरुका अनुसार यसको उद्देश्य पुरुषलाई महिलाको वर्चस्वबाट मुक्त गराउनु रहेको छ ।

खासी समुदायमा निर्णयहरू घरका महिलाहरूले गर्छन् । यहाँ परिवार र समाजको सञ्चालन गर्ने जिम्मेवारी महिलाको हुन्छ । छोराछोरीलाई आमाको नामबाट थर दिइन्छ । पैतृक सम्पत्तिमा छोरी, विशेषगरी कान्छी छोरीको हक हुन्छ । आमाबुवाको हेरचाह गर्न, कान्छी छोरी आफ्नो पतिलाई घरज्वाई राख्छिन् । कान्छी छोरीलाई खाडूह ÷रप यूंग ÷ रप स्नी भनिन्छ। खाडूहले धर्म परिवर्तन गरेमा वा अन्यत्त विवाह गरेर गएमा अंश र बंश द्वै बाट वञ्चित हुन्छिन्।

छोरी जन्मेमा उत्सब मनाइन्छ

यहाँ छोरी जन्मेको दिन उत्सब मनाइन्छ भने छोराको जन्ममा भारतका अन्य ठाउँमा भन्दा कम मनाइन्छ । हरेक परिवारले आफ्नो घरमा छोरी जन्मियोस् भन्ने चाहना राख्छन्, जसले गर्दा वंश चलिरहन्छ र परिवारले रक्षक पाउँछ। बालबालिकाको जिम्मेवारी महिलाले लिन्छन्, बालबालिकामाथि पुरुषको त्यति अधिकार हुँदैन ।