काठमाडौं, १२ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोले सुरक्षा खर्च पाँच प्रतिशतले बढाउनुलाई ठुलो जितको रूपमा व्याख्या गरेका छन्।
ट्रम्पले लगातार एक महिनादेखि दिएको दबाबका कारण नाटोका नेता सन् २०४६ देखि लागु हुनेगरी सुरक्षा खर्चमा पाँच प्रतिशतले वृद्धि गर्ने कुरामा सहमत भएका हुन्।
हेगमा जारी सम्मेलनमा भएको निर्णयलाई राष्ट्रपति ट्रम्पले अमेरिका र पश्चिमी सभ्यताकै लागि ठुलो जितको रूपमा व्याख्या गरेका हुन्।
सदस्य राष्ट्रले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा रुस र आतङ्ककारीबाट बढ्दो चुनौतीका बीचमा गहिरो सुरक्षा संयन्त्रका लागि खर्च बढाउनु आवश्यक रहेको बताइएको छ।
नाटोका एक सदस्य राष्ट्रलाई कसैले आक्रमण गरे संयुक्त प्रतिकार गर्ने विषयलाई निरन्तरता दिइने भएको छ। ‘हाम्रो सुरक्षामा चुनौती आएमा हाम्रो प्रतिबद्धता र समर्पणमा कसैले पनि शङ्का नगरे हुन्छ,’ विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस्