जनता टाइम्स

१४ चैत्र २०७९, मंगलवार १८:३४

महिलाहरूको ‘म्यारिज स्ट्र्याइक र आमा नबन्ने अभियानले चीन, जापान र दक्षिण कोरिया तनावमा


एजेन्सी, १४ चैत । जनवरी १७, २०२३ मा चीनको कम्युनिष्ट सरकारले ६० वर्षमा पहिलो पटक आफ्नो जनसंख्यामा ८ लाख ५० हजारले कमी आएको बताएको थियो । त्यसको ठीक पाँच दिनपछि द्दघ जनवरीमा जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशको घट्दो जनसङ्ख्याबारे केही नगर्ने हो भने धेरै ढिलो भइसकेको बताए।

त्यसको दुई दिनपछि २५ जनवरीमा दक्षिण कोरियाली सरकारले सन् २०२२ को नोभेम्बर महिनासम्म २ लाख ३१ हजार बालबालिका मात्रै जन्मिएको बताएको थियो, जुन गत वर्षको तुलनामा ४।३ प्रतिशतले कम हो । यी तीनवटै देशका लागि घट्दो जनसङ्ख्याले ठूलो समस्या सिर्जना गरिरहेको छ ।

दक्षिण कोरियामा प्रजनन दर १ प्रतिशतभन्दा तल झरेको छ
दक्षिण कोरियाले अगस्त २०२२ मा सबैभन्दा कम प्रजनन दरको आफ्नै रेकर्ड तोड्यो । लगातार तेस्रो वर्ष, संसारको सबैभन्दा कम संख्यामा बच्चाहरू यहाँ जन्मिएका छन् । सन् २०२० मा पहिलो पटक जन्मिएका बालबालिकाबाट मृत्यु हुनेको संख्या बढी थियो । सन् २०२१ मा प्रजनन दर घटेर ०.८१ प्रतिशत हुने र २०२२ मा ०.७९ प्रतिशत को न्यूनतम स्तरमा पुग्ने अपेक्षा गरिएको छ। यसको मतलब त्यहाँको महिलाले बच्चा जन्माइ रहेका छैनन् ।

पहिले जन्म नियन्त्रणको कानुन बनायो, अब जनसंख्या बढाउने चुनौती
सन् १९६० को दशकमा दक्षिण कोरियामा एउटी महिलाले औसत ६ बच्चा जन्माउने गर्थे । उत्तर कोरियासँगको युद्धको आर्थिक नोक्सानबाट मुक्त हुन, दक्षिण कोरियाले जन्म नियन्त्रणका लागि धेरै कडा कानुनहरू लागू गर्यो । २० वर्षपछि एउटी महिलाले औसत २.१ बच्चा जन्माउन थालिन् ।

यो प्रवृत्ति बिस्तारै त्यहाँको जीवनशैलीको हिस्सा बन्यो। दक्षिण कोरियामा सरकारले १६ वर्षमा विभिन्न योजना तथा कार्यक्रम ल्याई १७ लाख करोड रुपैयाँ खर्च गरेको छ र अझै पनि जन्मदरमा सुधार आएको छैन ।

महिलाहरू बालबालिकाको जिम्मेवारी लिन चाहँदैनन् . . .
पछिल्लो समय दक्षिण कोरियामा ‘म्यारिज स्ट्राइक’ शब्द निकै चर्चित भएको छ । वास्तवमा, विवाहपछिको एकतर्फी बोझबाट बच्न यहाँका महिलाहरू विवाह गर्नबाट टाढै छन् । यति मात्र होइन, सन् २०२२ मा गरिएको सर्वेक्षणअनुसार अहिले पुरुषभन्दा महिला बढी बच्चा जन्माउन चाहँदैनन् । यसले त्यहाँको जन्मदरमा पनि असर गरिरहेको छ ।

न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार विवाह र बच्चा जन्माएपछि पुरुषको तुलनामा महिलाको काम बढ्छ । उनले आफ्नो करियर त्याग्नुपर्छ । काम जस्तोसुकै भए पनि महिलाले घरायसी काममा दिनको ३ घण्टाभन्दा बढी समय बिताउँछन् भने पुरुषले ५४ मिनेट मात्रै खर्च गर्छन् ।

जापानमा जन्मिएका बालबालिकाभन्दा ६ लाख बढीको मृत्यु
जनवरी २३ मा जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशमा घट्दो जनसंख्याको विषयमा लगातार ४५ मिनेट बोलेका थिए । जनसङ्ख्यामा आएको ह्रासका कारण मुलुक सङ्कटबाट गुज्रिरहेको उनले बताए ।

वास्तवमा, गत वर्ष जापानमा ८ लाखभन्दा कम बालबालिकाको जन्म भएको थियो भने यसै वर्ष यहाँ १४ लाख मानिसको मृत्यु भएको थियो । यही कारण हो कि जनवरी १, २०२३ मा, जापानको जनसंख्या १२४.७ मिलियन थियो, जुन १ जनवरी, २०२२ को जनसंख्या भन्दा ०.४३ प्रतिशतले कम हो । जापानका लागि आगामी दिनमा जनसङ्ख्या सङ्कट कत्तिको ठूलो समस्या बन्न सक्छ भन्ने अनुमान अहिले जापानको जनसंख्यामा ६५ वर्षभन्दा माथिका २९ प्रतिशत रहेको तथ्यबाट गर्न सकिन्छ । यही समयमा, शून्य देखि १४ वर्षका बालबालिकाको जनसंख्या ११.५ प्रतिशत छ ।

यस्तो अवस्थामा आगामी वर्षहरूमा जापानको युवा जनसङ्ख्यामा थप गिरावट आउने सम्भावना छ । जसका कारण यहाँ कामदारको संख्या घट्नेछ । जबकि निवृत्तिभरण र अन्य सुविधा लिने ज्येष्ठ नागरिकको जनसंख्या निकै तीव्र गतिमा बढ्दै गएको छ । यो समस्या आगामी दशकमा जापानका लागि सबैभन्दा ठूलो समस्या हुनसक्छ ।

चीनको जनसंख्या ६० वर्षमा पहिलो पटक घटेको छ
चीनमा सन् २०२२ मा ९० लाख ५६ हजार बालबालिकाको जन्म भएको थियो भने १ करोड ४१ हजार मानिसको मृत्यु भएको थियो । सन् २०२१ को अन्त्यमा चीनको जनसङ्ख्या १४१.२६ करोड थियो, जुन २०२२ को अन्त्यमा घटेर १४१.१८ करोडमा पुगेको छ। जन्मदर घटेपछि यहाँ मजदुरको जनसंख्या घटेको छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनका कारखानाहरूमा काम गर्ने १५ देखि ६४ वर्ष उमेर समूहका मानिसको संख्या सन् २०१४ मा ९९ करोड ७० लाख थियो, जुन २०२२ मा घटेर ९८ करोड ६० लाख पुगेको छ ।

चीनमा किन घट्न थाल्यो जनसंख्या ?
यो स्थितिमा पुग्नको लागि चीनको जनसंख्या नियन्त्रण नीति सबैभन्दा बढी जिम्मेवार छ। वास्तवमा सन् १९७९ मा चीनमा एक बाल नीति लागू भएको थियो । १९८० देखि यो लागु गरियो । त्यतिबेला चीनको जनसंख्या ९८.६८ करोड थियो र लगातार बढ़ी रहेको थियो । चीनलाई डर थियो की बढुदो जनसंख्या देश विकासमा बाधक बन्न सक्छ ।

सोही कारण यो नीति लागू भएको थियो। सो अवसरमा परिवार नियोजनका बारेमा जनचेतना जगाउनका साथै कडाई पनि गरिएको थियो । मानिसहरूलाई जरिवाना गरियो, १ भन्दा बढी बच्चा जन्माएकोमा जागिरबाट निकालियो, महिलाहरूलाई गर्भपतन गर्न बाध्य पारियो र पुरुषहरूलाई भ्यासेक्टोमी गर्न बाध्य पारियो।

चीनमा सन् २०१६ सम्म एक बच्चा नीति लागू रह्यो । यो अवधिमा चीनले ४० करोड बालबालिकाको जन्म रोकेको मानिन्छ । त्यसको बेफाइदा भनेको देशमा वृद्धवृद्धाको जनसङ्ख्या बढ्दै गएको र युवाको सङ्ख्या घट्दै गयो । यसै कारणले सन् २०१६ मा दुई सन्तान नीति लागू गरी केही छुट दिइएको थियो । तर पनि जनसंख्या बृद्धिमा कुनै सुधार आउन सकेको छैन ।