१० भाद्र २०७६, मंगलबार ००:००

के छ यो रवि भीडमा ? खबरदार जनताको नाम नबेच, गणतन्त्रबिरुद्धको हर्कत निकै महंगो पर्ला


सुरेशप्रसाद निरौला

हल्लाहरु धेरै भए । सामाजिक संजालले आफ्नो हैसियत देखाएको छ । कुराहरु सवै ठिक वा बेठिक हुन् ? यो पछि समयले बताउनेछ । तर पनि यस समयमा मलाई केही बोल्न मन छ ।

“एकपटक पछाडि फर्केर हेरौत ” ! व्यक्ति होस वा समुह, पार्टी होस् वा पुरानो राजतन्त्र, के त्यस समयमा यो देशमा बोल्न पाईन्थ्यो ? नारा जुलुस आदिको छुट थियो ? देशका जनताहरु स्वतन्त्र थिए ? यस्तै यस्तै अनन्त प्रश्नहरु छन….। हाम्रो देशमा राजतन्त्रको विरोधमा बि मात्र बोल्दा ज्यान लिएका घटनाहरु, थुनामा हालेका केसहरु, देश द्रोहको अभियोगमा जेल परेका घटनाहरु र एकछत्र देशमा एकाधिकार ढङ्गले राज्य संचालन गर्दै आएको यही शाही सरकार होइन र ? जस्का पालामा ५ हजार सेनाले घेरेको दरवारभित्र एउटाको बंशै नाश हुने गरी नरसंहार भयो, त्यसमध्य एउटा पाटो बांकी रह्यो, जो अहिले पनि जिवित नै छ । भनिन्छ नि “जैसा करनी वैसा भरनी” । के हामी सबैले यस घटनलाई बिर्सिसकेका छौं ? जस्ले आफ्नो सोहदर दाजुको परिवारलाई बचाउन सकेन, अनि हामी आशा गर्दछौ कि राजा आउ देश बचाउ, हैन के हो यो ?

धिक्कार छ ती नरपशुहरुलाई, जस्ले दिउसै सपना देख्न थाले । हिजो अन्याय, अत्याचार, व्यथिति गर्नेहरुले आज ठुला कुरा गर्ने, हिजो दमन गरेको बिर्सौ ? ज जस्लाई जे जे गरियो, ती व्यक्तिहरु अहिले पनि यो देशमा ज्यूँदै छन् । अहिले त झन् सत्तामै छन, बोल्छौ खुकुरीले बिर्सियो होला, तर अचानोले सम्झीरहेको छ । शाहीकालमा–बलात्कार, भ्रष्टचार, दुराचार, सुन तस्कर, मुर्ति तस्कर, गाजा, अफिम, ड्रग्स वा लागूपदार्थको कारोवार वा अन्याय अत्याचार यत्रतत्र थियो । गोली ठोकी मार्ने, झुण्ड्याएर मार्ने , जेलभित्रै मार्ने, त्यसबेलाका यी सबै कुरा शाही सरकारको सामान्य नियति होइन र ? अनि चोर, डाका, भ्रष्ट, अनैतिक अन्यायी, अत्यचारीले अरुलाई के देख्छ ? कागले जसरी आफ्नो नाम आफै काड्छ नि त्यसै गरि अहिले त्यो शाहीकालका शाशकहरुले सम्झनु मलाई त ठिकै हो जस्तो लाग्छ ।

कतै त्यो रवि भेडा भिडभित्र रतिभर प्रेम आत्मा थियो भने गणतन्त्र, लोकतन्त्र, संविधान र सबै राजनितिक पार्टीहरु , सबै पार्टीका अगुवा नेता कार्यकर्ताहरु बेठिक छन् त्यसर्थ मुर्दावाद, जलाएर, काटेर मार्नेसम्मको कुराहरु त्यो लामिछाने भिडमा देख्न, सुन्न पाइयो भने अब सुन्नुहोस् ३ करोड नेपालीहरु हो, जस्ले तपाईहरुको नाममा बदनाम गरिरहेका छन् । भन्छन् हामी ३ करोड चितवनमा भेला भएका छौं र यो हामी ३ करोड नेपालीको स्वर हो , के यही हो सत्य ? के यही भिड हो ३ करोडको प्रतिनिधित्व गर्ने ? होसियार मित्र हो विचार गरेर मात्र बोल ।

मैले केही समय अगाडि मात्र सुन्ने, देख्ने, पढ्ने गर्थे डा. गोविन्द केसी हाम्रो देशका भगवान हो । बिद्धान हो, उ नभए देश नै चल्दैन, अव राष्ट्रपति, प्रधानमन्त्री सवै उसैलाई बनाउनुपर्छ, उ संग भिजन छ, जोश जागर छ । अरु सबै चोर, फटाहा, भ्रष्ट आदि हुन् । डा जिन्दावाद अरु सबै मुर्दाबाद भन्दै हामी मार्न मर्न तयार छौं भन्दै अवकाश प्राप्त प्रधानन्यायाधीशदेखि सुरक्षा प्रमुख, सुरक्षाकर्मी, नागरिक समाज, बिद्धान वर्ग, स्वस्थ्यकर्मी, नेता, अभिनेता वा हुक्के चिलिमे, बैठके आदीको भेडा भिडले मानौ अब सरकार गयो । तव सरकार गयो भन्दै टाउकोमा कात्रो बाधेर, छातिमा फोटो टासेर हिडेका तोरीलाउरे भेडा भिडहरु आज कहा छन् ? त्यो भेडा भिड पनि यहांहरु जस्तै नरपशुहरुकै थियो । भनिन्छ नि । “आफ्नो अंगको भैसी नदेख्नेले अरुको अंगको जुम्रा देख्ने रे । त्यसैले बेलैमा सोचौ रवि लामिछाने भेडा भिड हो फेरी डा. केसीको जस्तो पुनरावृति रविमाथि पनि सुरु गर्यो । त्यसैले यसको अन्त्य पनि डा. केसी को जस्तै हुन्छ, यसका काल कर्तुतहरु समय समयमा आईरहनेछन् । त्यसैले धेरै अघि नबढौं पछि छि यो त खतम पो रहेछ भन्ने ठाउँमा पुग्न नपरोस् ।

त्यसैगरी आजको यो रबि भिड पनि एउटा बर्खाको खहरे भेल हो । पानी परुन्जेल त सुतेर बसेका ठांउ नपाएका अपाङ्गहरु, काम चोरहरु यी सबै जो जो धमिलो पानिमा माछा मार्ने प्रयास गर्दैछन् । केही समय त त्यस्ताको व्यापार व्यवसाय चल्ला । जव पानी पर्न छाड्छ नि, त्यसपछि भने यस्ता खालेहरुलाई बत्ति बालेरै खोज्नुपर्ने हुन्छ । त्यसैले मित्रहरु हो, जति बोल्नु, लेख्नु, उफ्रिनु छ सबै अहिले नै गर्नुहोस् । पछि के होला ? त्यो थाहा छैन । त्यसर्थ मनको बह पोखी हाल्दा राम्रो होला तर बिचार पुर्यायर पोख्यो भने राम्रो हुन्छ कि ?

मैले यी शब्द प्रयोग किन गरे भने भिडमा सुनिन्छ, एक जना आखा नदेख्नेले भनिरहेका छन, ए केपी राजिनामा दे, म प्रधानमन्त्री हुन्छु, देश चलाउछु त्यसैगरी सुतेका, ठाउँ नभएका, सुस्तहरु साथै हैसियत नभएका वडा सदस्यसम्म पनि हुन नसक्ने अलोकप्रिय खुइते कडरियाहरु राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री वा मुख्य सचिव, सचिव नेता वा अभिनेताको कार्यभार हामी लाई देउ, हामी चलाउछौं, अरु सबैलाई हराउछौं भन्छन् यही सत्य हो ? के यो सम्भव छ ? त्यस्ताले चलाएको हाम्रो देश कस्तो हुन्छ ? के अव हाम्रो देश ती देखि बाहेक अरुहरुबाट चल्न सक्दैन ? के यही नै सत्य हो ? अव के हामी त्यही ठाउँमा पुगेका हौं त ?

सुन्नुहोस् अव ढिला हुन्छ बोल्नुहोस् तीन करोड नेपालीहरु, सबै पार्टीहरुका नेता, कार्यकर्ता गणहरु, यो देशका विद्धान वर्गहरु, नागरिक समाजका अगुवाहरु सवै खाले देशभक्त कर्मचारीहरु कलाकारहरु साथै ३ करोड नेपालीहरु,

माथि उल्लेखित कुराहरु कुनै पार्टी वा नेता विशेष मात्र औंला उठाइएको हैन, यसमा सबै खाले गणतन्त्र, लोकतन्त्र, सबै पार्टीहरु, सबै पार्टीका नेता कार्यकर्ताहरु बेठिक हुन् । त्यसर्थ यस्ताहरु मुर्दावाद, काट्नुपर्छ, मार्नुपर्छ, आदी आदीको नारा घन्काई औला उठाउनु भनेको यो नेकपालाई मात्र हो, हामीलाई होइन भन्ने बुझ्यौ भने हामी सबै पछि पर्छौ । त्यसर्थ समयमै सवै पार्टी, पार्टीका नेता कार्यकर्ताहरु सचेत हुन जरुरी छ । अन्यथा पछुताउनु सिवाय हात केही नलाग्ला । त्यसैले अन्याय कसैलाई नहोस्, न्याय सवैले पाउन, निर्णय भिडबाट हुदैन, निर्णय कानुनबाट हुन्छ, समयमै सवै कुराहरुको ख्याल नगरे ख्याल ख्यालमै परिणामले अर्कै मोड लिन सक्छ । त्यसर्थ भिड बाजहरुले पनि ख्याल गर्ने भिड आफ्नो हातमा हुनुपर्छ । समात्न सकिन्न भने भिडबाट आफु बाहिर निस्कनु पर्छ ।

यो रवि भिड तपाईहरुलाई ठुलै लागेको हुनसक्छ, किनकी जिवनमा उनीहरुले यस्तो भिड कहिल्यै देखेको थिएन होला । तर २०४६ सालदेखि आजसम्म हामिले निकालेको भिड हेर्न मन छ भने पर्खनुस समय आउदैछ । एक लाखको भिड कस्तो र कत्रो हुन्छ अनि सोच्नुस् कि ३ करोड भिडको अभिमत भनेको के हो ? यो कस्तो हुँदोरहेछ । त्यसपछि मात्र बल्ल तपाईहरुको घैंटामा घाम लाग्नेछ । धेरै चुरी फुरी नगरौं, यस्ता भेडे भिड होइन, जनताहरुको जनलहर । एक पटक होइन, हजारौ पटक यो देशमा प्रर्दशित हामीहरुले गरिसकेका छौ त्यसर्थ आवश्यक पर्दा अझै पनि देख्न पाउनुहुनेछ । यो सरकार त्यसै बनेको होईन, जनताहरुले दिइएको अभिमतले नै यो सरकार अहिले चलिरहेको छ । त्यसर्थ यसको अवधी ५ बर्ष को हो, एक बर्ष ६ महिना गईसक्यो । अव ३ बर्ष ६ महिना बाँकी छ । धर्य गर्नुहोस् सरकारले जनता र राष्ट्रको काम गर्न नसके यो आफै सकिन्छ । अन्यथा भनिन्छ नि के का सरापले के मर्दैन भने जस्तै हो ।