जनता टाइम्स

२१ बैशाख २०७६, शनिबार ०६:१८

राष्ट्रपति बिद्यादेवी भण्डारीको भ्रमणले चीनमा वढाएको नेपाली शान


कल्याण रोका

म आफैपनि अध्ययनको सिलसिलामा चीनतिर वरालिएको चार बर्ष पु्ग्न लागेछ । यो चार वर्षमा थुप्रै चिनीयाँ नागरिक र चीनमा अध्ययन गर्ने तथा अन्य पेशासँग सम्वन्धित अन्य देशका थुप्रै मानिसहरुसँग उठवस र संगत गरियो । तर मैले आफैले अनुभुत गरेको कुरा के हो भने आम चिनियाँहरुकोवीचमा आफुलाई नेपाली भनेर चिनाउन निकै कठिन थियो चीनमा । चिनियाँहरु नेपाललाई (निबोर) र नेपालीलाई नेबोरेन भनेर चिन्दछन । त्यति भन्दा पनि नचिने चीनमा नेपाल र नेपालीलाई चिनाउन चोमोलोङमा फङग वा ठुलो हिमालय (दा शान) भन्ने शव्दावली प्रयोग गर्नुपर्दथ्यो ।

तर अहिले चीनमा नेपालीहरुको परिचय फेरिएको छ । नेपालका तर्फबाट पछिल्लो समय सन् २०१६ र २०१८ मार्चमा प्रधानमन्त्री केपी शर्मा ओली र सन् २०१९ अप्रिल २४ मा भएको राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको राजकीय भ्रमणले चीनमा नेपालप्रतिको बुझाई फेरिएको छ । यी तीन वटा भ्रमणहरुले चीनका सञ्चारमाध्यमहरुमा पाएको चर्चाले आम चिनियाहरुको वीचमा नेपाल र नेपालीलाई चिनाएको छ ।मार्कवादको नौलो प्रयोग जनताको बहुदलीय जनवादको अभ्यासबाट वनेका दुइृ तिहाइ बहुमत र स्थायित्वसहितको कम्युनिष्ट सरकारको प्रधानमन्त्री र राष्ट्रपतिको चीन भ्रमणले राजधानी वेइजिङलगायत चीनमा समेत नेपाल र नेपालीको शान बढाएको छ ।

राजकीय हिसावले राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण नै गणतन्त्र नेपालको राष्ट्रप्रमुखको पहिलो चीन भ्रमण हो । उहाँको यो भ्रमण उपलव्धी र उहाँको चीनमा भएको सम्मानका हिसावले ऐतिहासिक वनेको छ र चीनमा मात्र नभएर विश्वमा नेपाल र नेपालीको शान वढाएको छ

पक्कै पनि देशको शान र मान वढाउने क्रममा द्धिपक्षीय भ्रमणहरुको निकै ठुलो योगदान हुन्छ नै । सन् १९५५ मा नेपाल चीनवीच कुटनीतिक सम्वन्ध स्थापनापछि तुरुन्तै सन् १९५६ सेप्टेम्वर २५ देखि अक्टुवर ७ सम्म भएकोे टंकप्रसाद आचार्यको भ्रमण, सन १९६० मा भएको विश्वेश्वरप्रसाद कोइरालाको भ्रमण, १९६१ मा भएको राजा महेन्द्रका भ्रमणहरुले नेपाल चीन सम्वन्धलाई मजवुद बनाउने सन्दर्भमा केही न केही योगदान छन । सगरमाथाको सन्दर्भमा देखिएका विवादहरु मिलाउने सन्दर्भमा विश्वेश्वरप्रसाद कोइरालाको योगदान पक्कै छ भने सन् १९६९ मा भारतवाट लगाइएको १ बर्षे लामो नाकावन्दीको मारबाट मुक्ति पाउन चीनतिर कोदारी राजमार्ग खोल्ने कुरामा राजा महेन्द्रको योगदानलाई पनि हामीले भुल्न हुदैन । नेपालमा सन् १९९० को राजनीतिक परिवर्तनपछि नेपालका प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोईराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, प्रचण्ड लगायतले चीन भ्रमण गरे पनि उपलव्धीका हिसावले यी भ्रमणहरु त्यति महत्वपुर्ण भएनन ।

तर नेपालमा भारतले सन् १९६९, १९८९ पछि तेस्रोपल्ट सन् २०१५ मा नाकावन्दी लगायो । जसले नेपाल र नेपालीका वीचमा राष्टियताका सन्दर्भमा नयाँ खालको तरग उत्पन्न गरयो । त्यसपछि नेपालको चीनसँग राजनीतिक र कुटनीतीक हिसावले मात्रै होइन, लगानी, व्यापार, र आर्थिक हिसावले नेपालको सम्वन्ध अगाडि वढयो । सन् २०१६ र २०१८ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका सन्दर्भमा गरिएका सम्झौताहरु र अहिले सन् २०१९ अप्रिल २४ मा राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको राजकीय भ्रमणले नेपालको आर्थिक, सामाजिक, राजनीतिक र कुटनीति क्षेत्रमा नयाँ आयामहरु सिर्जना गरेको छ ।

गणतन्त्र नेपालको पहिलो राष्ट्रप्रमुखको हैसियतले राष्ट्रपति डा. रामवरण यादवले सन् २०११ मा चीनको भ्रमण गरेपनि उहाँको त्यो भ्रमण वोआवो फोरमा मात्र सिमित थियो । तर राजकीय हिसावले राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण नै गणतन्त्र नेपालको राष्ट्रप्रमुखको पहिलो चीन भ्रमण हो । उहाँको यो भ्रमण उपलव्धी र उहाँको चीनमा भएको सम्मानका हिसावले ऐतिहासिक वनेको छ र चीनमा मात्र नभएर विश्वमा नेपाल र नेपालीको शान वढाएको छ । उहाँको यो भ्रमणमा भएका केही महत्वपुर्ण उपलव्धीहरुलाई यहाँ उल्लेख गर्ने कोशिस गरिएको छ ।

चीनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमण सुनिश्तिताको नजीक

नेपालका तर्फबाट मात्र नभएर चीनका तर्फबाट पनि नेपालमा उच्चस्तरीय भ्रमणहरु भएका छन । सन १९४९ मा चीनमा जनगणतन्त्र स्थापना भएपछि सन् १९५७ मा प्रिमियर चाउ एनलाईले सवैभन्दा पहिले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् १९७८ मा चिनिया नेता देङ स्यायोपिङ, १९८४ मा राष्ट्राध्यक्ष ली सियानिन, १९८९ मा प्रिमियर ली पिङ, १९९६ मा राष्ट्राध्यक्ष जियाङ जेमिन, २००१ मा प्रिमियर झु रोङगझी र सन् २०११ मा प्रिमियर वेन जियाओवाउले नेपाल भ्रमण गरेका थिए ।

तर राष्ट्राध्यक्षका हिसावले जियाङ जमीनको भ्रमणदेखि अहिलेसम्म चीनका तर्फबाट कुनै राष्ट्राध्यक्षको नेपाल भ्रमण भएको छैन । सयमका हिसावले विगत २२ बर्षमा चिनियाँ राष्टाध्यक्षहरुको नेपाल भ्रमण हुन नसक्नुमा धेरै राजनीतिक र कुटनीतिक कारणहरु होलान । नेपालमा सन्२०१६ देखि नै चिनियाँ राष्ट्राध्यक्षको भ्रमणको अपेक्षा गरिए पनि चीनका तर्फबाट यो भ्रमण हुन सकेको छैन । तर यो पल्ट नेपालका राष्ट्रपतिको चीन भ्रमण र उहाँले आफनो समकक्षीलाई दिएको निम्ताले निकट भविष्यमै चीनका राष्ट्रपतिको नेपाल भ्रमणलाई धेरै हदसम्मको सुनिश्चितता प्रदान गरेको छ । यदी चीनका राष्ट्राध्यक्षको नेपाल भ्रमण भएमा विगत २२ बर्षदेखि कायम विद्यमान उच्चस्तरीय भ्रमणमा रहेको ग्यापको ‘व्रेकथ्रु’ हुनेछ ।

विआरई राउण्ड टेवल र राष्ट्रपतिको सहभागिता

करीव ४० देशका सरकारका प्रतिनिधिहरुको उपस्थितिमा उद्घाउटन भएको दोस्रो विआरई फोरमको दोस्रो दिन विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुको वीचमा राउण्ड टेवल छलफल भयो र यो छलफलको अध्यक्षता चीनका राष्ट्राध्यक्ष सी जिनपिङले गर्नुभएको थियो । उक्त छलफलमा नेपालका राष्ट्राध्यक्ष विद्यादेवी भण्डारी, रसियन फेडेरेसनका राष्ट्राध्यक्ष भ्लादिमिर पुटीन, अजर वैजानका राष्टाध्यक्ष इलहाम अलियभ, वेलारुसका राष्टाध्यक्ष अलक्जेण्डर लुकासहेन्को आदिको सहभागिता थियो ।

उक्त छलफलमा ब्रुनाइ, दारुसलाम, गणतन्त्र चीली, साइप्रस, चेज रिपब्लिक, जिबुटी, इजिप्ट, काजाकास्थान, केन्या, कार्जिस्थान, लाओस, मंगोलिया, मोजाम्विक, फिलिफिन्स, पोर्चुगल, सर्विया, स्वीजरल्याण्ड, ताजिकास्थान, उजेव्कीस्थानका राष्टाध्यक्षहरु सहभागि थिए । त्यस्तै सो राउण्ड टेवलमा युनाइटेड अरव इमिरेटस्का प्रधानमन्त्री, अष्ट्रियाका चान्सलर, क्याम्वोडियाका, इथोपियाका, हंगेरी, इटाली, मलेसियाका प्रधानमन्त्रीहरु सहभागि थिए । सो राउण्ड टेवलमा म्यानमारका तर्फवाट स्टेट काउन्सीलरको हैसियतमा आङसाङ सुकीले भाग लिएकी थिइन भने पाकिस्तानबाट प्रधानमन्त्री इमरान खानले भाग लिएका थिए ।

सो छलफलमा पपुवा न्यु गिनी, सिगापुर, थाइल्याण्ड, भियतनामका प्रधानमन्त्रीहरुले भाग लिएका थिए भने इण्डोनेशियाका तर्फवाट उपराष्ट्राध्यक्षले सो राउण्ड टेवलमा सहभागिता जनाएका थिए । यो छलफलमा संयुक्त राष्टसंघका महासचिव, र अन्तराष्टिय मौद्रिक कोषका कार्यकारी निर्देशकको पनि सहभागिता रहेको थियो । यो राउण्ड टेवलको छलफलमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिमालयन क्षेत्रको बहुआयामिक कनेक्टीभिटी र नेपाल चीन रेल्वेका वारेमा राखेको प्रस्ताव नै उच्च महत्वका साथ विआरआई घोषणाको २३ नम्वर वुदाँमा समेटियो ।

बहुआयामीक हिमालय कनेक्टीभिटी र नेपाली चुच्चे रेलको सपना

विआरई फोरमको दोस्रो दिनको राउण्ड टेवल पछि भएको संयुक्त घोषणाको वुदा नं २३ मा नेपाल चीन ट्रान्स हिमालयन बहुआयामीक हिमालयन कनेक्टीभिटी र यो अन्तर्गत नेपाल चीन अन्र्तदेशिय रेल्वेलाई समेटिएको छ । जसले हिमालय क्षेत्रमा सडक र रेल्वे यातायातका माध्यमबाट लगानी, व्यापार लगायत वृहत आर्थिक विकासका संभावनाको ढोका खोलेको छ भने नेपाल चीन रेल्वे कनेक्टीभिटीको संभावनालाई समेत सुनिश्ति गरेको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उठान गर्नुभएको नेपाल चीन रेल्वे कनेक्टीभिटीको सोचलाई राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणले सुनिश्चितता प्रदान गरेको छ । विभिन्न देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरुको राउण्ड टेवल छलफलपछि घोषणा भएको कार्यक्रममा हिमालयन क्षेत्रको बहुआयामिक कनेक्टीभिटी र नेपाल चीन अन्तरदेशिय रेलले विआरआईमा विधिवत प्रवेश पाउनलेु राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणलाई उपलव्धीका हिसावले ऐतिहासिक वनाएको छ र यसले विगत केही समयदेखि नेपालमा रहेको चुच्चे रेलको नेपाली सपनालाई सार्थक बनाउने कामको ढोका खोलेका छ । जसले नेपाली वजारमा विद्यमान व्यापारीक एकाधिकारवादको अन्त्य र चीनसँगको व्यापारमा देखिएका भौगालिक कठिनाईहरुलाई परास्त गरेको छ । नेपाल चीन आर्थिक सम्वन्धमा हिमालहरु वाधक होइनन भन्ने कुरा पुष्टि गरेको छ भने रेलका विषय लिएर खिल्ली मजाक उडाउने मानिसहरुलाई समेत गतिलो जवाफ दिएको छ ।

प्रोटोकल हस्ताक्षर र नेपालमा पार्ने प्रभाव

हामी भुपरिवेष्ठित हौइनौं, हाम्रो देशलाई समुन्द्रले नछोएको मात्र हो । त्यसैले हामी छीमेकी देशहरुका समुन्द्रहरुको उपयोगबाट यो भुपरिवेष्ठिताको अवरोधलाई हटाउन सक्छौ भनेर चीनसँग सामुन्द्रीक पारवहनको सोच प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि वढाउनु भएको थियो । उहाँका दुवै चीन भ्रमणहरुमा यी विषयहरुले प्रवेश पाएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको यो चीन भ्रमणमा यो विषयले पनि सार्थकता पाएको छ । उहाँको यो भ्रमणमा पारवहन प्राटोकल सन्धीसहित विभिन्न सातवटा विषयका समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनका चारवटा सामुन्द्रिक वन्दरगाह र तीनवटा सुख्खा वन्दरगाह नेपालले उपयोग गर्न पाउने प्रावधान सहित गरिएको यो पारवहन प्रोटोकल हस्ताक्षरले नेपालको चीनसँग मात्र नभएर तेस्रो मुलुकवाट पनि व्यापार व्यवसाय गर्न सक्ने वातावरणको सुनिश्चितता गरेको छ ।

चीनको राजधानी वेइजिङको तियानमेन स्क्यायर आफैमा विभिन्न ऐतिहासिकताका कारणले विश्वमा प्रख्यात छ । एक त यो संसारको सवैभन्दा ठुलो स्क्यायर हो भने चीनको राजनीतिक, सामरीक र कुटनीतिक महत्वको ठाँउ पनि हो । जुन ठाउँमा चीनले नेपालका राष्ट्रपतिलाई दिएको राजकीय सम्मान प्रत्येक नेपालीले गौरव गर्ने ठाउँको थियो ।

अव नेपालले भारतको कलकता वन्दरगाह मात्रै नभएर चीनका ग्वान्जाओ, सेनचेन, त्यान्जिन, तालियान र सुख्खा वन्दरगाहमा सिगात्से, ल्हासा र लान्जाउ पनि प्रयोग गर्न सक्नेछ । जसले हामीले भारतवाट वेहोर्नुपर्ने नाकावन्दीलाई सदैका लागि समाप्त गरिदिएको छ भने व्यापार र लगानीका हिसावले नेपालको आर्थिक विकासको ढोका खोलेको छ । यसका अलवा आर्थिक प्राविधिक सहयोगका क्षेत्रमा, भन्सार लगायत नेपालका उतरी क्षेत्रको जीविका पार्जनका क्षेत्रमा, चीनिया अनुदानमा आधारीत प्रमाणपत्रका वारेमा, गुणस्तर र नापतौलका वारेमा र साँस्कृति सम्पदाहरुको चोरी निकासी नियन्त्रणका क्षेत्रमा भएका अन्य ७ वटा समझदारीपत्रमा भएको हस्ताक्षरले राष्ट्रपतिको भ्रमणलाई उपलव्धीमुलक र ऐतिहासिक वनाएको छ ।

ऐतिहासिक भ्रमण र गौरवमय राष्टिय सम्मान

चीनको राजधानी वेइजिङको तियानमेन स्क्यायर आफैमा विभिन्न ऐतिहासिकताका कारणले विश्वमा प्रख्यात छ । एक त यो संसारको सवैभन्दा ठुलो स्क्यायर हो भने चीनको राजनीतिक, सामरीक र कुटनीतिक महत्वको ठाँउ पनि हो । जुन ठाउँमा चीनले नेपालका राष्ट्रपतिलाई दिएको राजकीय सम्मान प्रत्येक नेपालीले गौरव गर्ने ठाउँको थियो । विआरआई फोरममा विभिन्न देशका राष्ट्राध्यक्षको तुलनामा नेपालले पाएको यो सम्मानले नेपाल र नेपालीको शान उच्च वनायो । यसका अतिरिक्त चीनका राष्ट्राध्यक्षसँगको नेपाली राष्ट्राध्यक्षको द्धिपक्षीय वार्ता, चीनियाँ कम्युनिष्ट पार्टीका पाँचौ वरियातामा रहेका अनुशासन आयोगका अध्यक्षसमेत रहेका चीनियाँ कम्युनिष्ट पार्टीका नेता चाउ लेजीसँगको द्धिपक्षिय भेटघाटले पनि राष्ट्रपतिको यो भ्रमणलाई उच्च महत्व दिएको पुष्टि भएको छ । जसका कारण पनि यो भ्रमण ऐतिहासिक वनेको छ । यसका साथै राष्ट्रपति भण्डारी वागवानी वगैचाको उद्घाटन कार्यक्रममा सरीक हुनुभयो, जहाँ नेपालको लुम्विनी बगैचाँ राखिनुले पनि चीनले नेपाललाई महत्व दिएको पुष्टि भएको छ ।

समृद्ध नेपाल : सुखी नेपालीको अन्र्तराष्टियकरण

राष्ट्रपतिको यो भ्रमणमा समृद्ध नेपाल र सुखी नेपाली भन्ने हाम्रो नेपाली सोचको अन्र्तराष्टियकरण भएको छ । आफना हरेक सम्वोधनमा राष्ट्रपति भण्डारीले समृद्ध नेपाल र सुखी नेपालीको मर्मलाई उजागर गर्नुभयो । चीनका राष्ट्रपति सी जिनपीङले समेत यो नाराको व्याख्या गर्दै नेपालको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सघाउने वचन दिनु यसको ज्वलन्त उदारण हो । विश्वको वदलिदो आर्थिक र राजनीतिक सन्दर्भमा नेपालबाट उदाएको यो नारामा विश्वका सवै नेताहरुको ध्यान आकृष्ट हुनु आफैमा गौरवको विषय हो ।

राष्ट्रपतिको सम्वोधन र नेपाली भाषाको गौरव

राष्ट्रपति विद्यादेवी भण्डारीले विआरई फोरम र नेपाल चीनका व्यापारिक समुदायलाई नेपाली भाषामा सम्वोधन गर्नुभयो । करीव ४० देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरुको वीचमा नेपाली भाषामा गरिएको राष्ट्राध्यक्षको सम्वोधनले नेपाल र नेपाली भाषाको शान मात्र वढाएन कि विदेशमा गएर जानी नजानी अगेजी भाषामा मात्रै बोल्नुपर्छ भन्ने मानिसहरुलाई समेत गतिलो पाठ पढायो । उहाँको यो भ्रमणले नेपाली भाषालाई अन्र्तराष्ट्रिकरण गर्ने सन्दर्भमा पनि महत्वपुर्ण योगदान गर्यो ।

चिनीयाँ सञ्चार र सामाजिक सञ्चालमा नेपाली राष्ट्रपतिको चर्चा

नेपालका राष्ट्रपतिको यो चीन भ्रमणले नेपाली संञ्चार माध्यमहरुमा मात्रै व्यापक चर्चा पाएन । चीनका छापा तथा विद्युतिय सञ्चार माध्यमहरुले त राष्ट्रपतिका हरेक सम्वोधन र कार्यक्रमहरुको मुख्य हेडलाइन न्युज नै बनाए । यसको अतिरिक्त चिनियाँ सामाजिक सञ्जाल विच्याटमा त राष्ट्रपतिको निकै नै चर्चा भयो । जसले राष्ट्रपति भण्डारीको व्यत्तित्वको अन्तराष्टियकरण मात्र भएन की चीनमा नेपाल र नेपालीको शानलाई उच्चो वनाउने काममा पनि उहाँको यो भ्रमणले महत्वपुर्ण योगदान पुर्यायो । ।