जनता टाइम्स

११ जेष्ठ २०८२, आईतवार ११:४३

रास्वपा केन्द्रीय समिति बैठक : छलफलका लागि एजेन्डा तय


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) को आइतबार अपराह्न बस्ने केन्द्रीय समिति बैठकमा चार वटा विषयमा छलफल हुने भएको छ ।  बैठकमा छलफलका लागि चारवटा एजेन्डा तय भएको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

पार्टीको केन्द्रीय कार्यालय वनस्थली काठमाडौँमा हुने केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछाने माथि लगाइएको प्रतिशोधपूर्ण झुटा मुद्दाबारे पार्टीले लिने आगामी प्रक्रिया, भिजिट भिसा काण्ड र गृहमन्त्रीको संलग्नता, पार्टीको आगामी कार्यदिशा र महाधिवेशन लक्षित क्यालेन्डर र पार्टीको तेस्रो स्थापना दिवस (असार ७) को कार्यक्रम छलफल हुने छ ।