काठमाडौँ । राजधानीको बल्खुबाट प्रहरीले लागु औषध कारोबार गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर घर भएर बुढानीलकण्ठ बस्ने २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रे घर भएर टेकु बस्ने २३ वर्षीय रविन श्रेष्ठ, नुवाकोट घर भएर तारकेश्वर बस्ने २१ वर्षीय सुरेन्द्र अछामी र धादिङ घर भएका २५ वर्षीय विजय आले मगर छन् ।
प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले आरोपीहरूको साथबाट १ हजार ६७ क्याप्सुल लागु औषध ट्रामाडोल बरामद गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार सिन्धुलीको गोलञ्जोर घर भएका होमराज श्रेष्ठलाई पक्राउ गरेर सोधपुछ गर्दा अरू ३ जनाको संलग्नता खुलेको थियो । घटनाबारे प्रहरी वृत्त कालीमाटीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्