जनता टाइम्स

१८ असार २०८१, मंगलवार १३:४४

देउवाले बोलाए विपक्षी दलको बैठक


काठमाडौं, १८ असार । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलको बैठक बोलाउनुभएको हो । आज साँझ देउवा निवास बूढानीलकण्ठमा बस्ने गरि देउवाले बैठक बोलाउनुभएको छ ।

कांगेसले राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दललाई बैठकमा बोलाएको बताइएको छ । बैठकमा कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति बनेपछि नयाँ सरकारमा सहभागी हुन आग्रह गरिने बताइएको छ ।