जनता टाइम्स

१० भाद्र २०८१, सोमबार १०:३९

काठमाडौंको बुद्धनगरमा मध्यराती ब्यवसायीको निर्मम हत्या


काठमाडौं, भदौ १० । काठमाडौंको बुद्धनगरमा एक ब्यवसायी युवकको हत्या भएको छ । प्रहरीका ४० वर्षीय रूपक वान्तवाको गएराती हत्या भएको हो ।

शंखमुलमा रहेको टाइमपास स्नुकर हाउसका सञ्चालक समेत रहेका वान्तवालाई राति करिब २ बजे स्नुकरभित्र सुतिरहेको अवस्थामा कुटपिट भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिनुभयो ।

बान्तवालाई उपचारका लागि सिभिल अस्पताल लगिए पनि ज्यान जोगाउन नसकिएको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ ।