जनता टाइम्स

११ भाद्र २०८१, मंगलवार ०३:२९

मंगलवार लुम्बिनी प्रदेशमा भारी वर्षा हुने, अन्य प्रदेशको यस्तो छ अवस्था


काठमाडौं, भदौ ११ । मौसम पूर्वानुमान महाशाखाले मंगलबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बर्षा हुने जनाएको छ ।

महाशाखाका अनुसार यी दुई प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।

मौसम पूर्वानुमान महाशाखाले मंगलवार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै मंगलबार राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ । कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।