जनता टाइम्स

१६ भाद्र २०८१, आईतवार ०८:११

आइतवार बागमती-गण्डकी र कर्णालीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं, भदौ १६ । आइतबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै बागमती, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यसैगरी आइतबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।