न्यूयोर्क, असोज १०। संयुक्त राष्ट्रसंघको ७९औं महासभाका क्रममा अमेरिकी प्रथम महिला डा. जिल वाइडेनद्वारा आयोजित स्वागत समारोहमा नेपालकी प्रथम महिला राधिका शाक्य सहभागी हुनुभएको छ ।
अमेरिकी राष्ट्रपति जो वाइडेन पत्नी डा. जिलले न्युयोर्कको म्यानहाटनसिटीमा आयोजना गर्नुभएको स्वागत समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पत्नी शाक्य सहभागी हुनुभएको हो ।
त्यसक्रममा अमेरिकी प्रथम महिला बाइडेन र नेपालकी प्रथम महिला शाक्यबीच भेटवार्ता पनि भएको छ । उहाँहरुबीच दुई देशबीचको सम्बन्धलगायत विविध विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलीको सचिवालले जनाएको छ ।
राष्ट्रसंघको महासभामा भाग लिन पुगेका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखका प्रथम महिलाको सहभागिता थियो।
प्रतिक्रिया दिनुहोस्