जनता टाइम्स

१५ आश्विन २०८१, मंगलवार १९:१४

बाढी-पहिरोले कृषि क्षेत्रमा मात्रै ६ अर्ब बढीको क्षति, कुन क्षेत्रमा कति क्षती ? (बिवरणसहित)


काठमाडौं, असोज १५ । यही असोज ११ र १२ गते राजधानी काठमाडौं उपत्यकासहित देशभर आएको अति भीषण वर्षाले मुलुकको कृषि क्षेत्रमा मात्रै ६ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार पत्रकार सम्मेलनमार्फत प्रारम्भिक तथ्यांक संकलनको क्रममा नै ६ अवै रुपयाँभन्दा बढीको क्षती पुर्याएको जानकारी दिनुभएको हो । ‘पाढी पहिरो र डुवानले कृषि क्षेत्रमा ठूलो क्षती पुगेको छ । बाली, पशुपन्छी धन, माछा लगायतमा ६ अर्ब बढीको क्षति देखिएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संकलन गरेको विवरणअनुसार यो क्षती देखिएको हो ।

सरकारले यो नै आधिकारिक तथ्यांक नभएको र क्षती अझै बढने अनुमान गरेको छ । सरकारका अनुसार यो अन्तिम तथ्यांक होइन, अहिले धेरै ठाउँबाट विवरण संकलन हुँदैछ । प्रारम्भिक विवरण अनुसार सबैभन्दा धेरै धान खेती नष्ट भएको छ । बाढीले ५८ हजार ४ सय ७६ हेक्टर धानबाली नष्ट भएको छ । बाढीपहिरोले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेमा गरी ३ अर्ब ५० करोड रुपैयाँ बराबर क्षति भएको कृषि मन्त्रालयले जनाएको छ ।

कृषिमन्त्री रामनाथ अधिकारीका अनुसार बाढी पहिरोले ७० करोड बराबर १३ हजार हेक्टर अलैंची खेती नष्ट भएको छ । अलैंची खेती सबैभन्दा धेरै खोटाङमा नष्ट भएको हो । यस्तै मधेश प्रदेशको पर्सा लगायत जिल्लामा ८५ हेक्टर क्षेत्रफलको ३४ करोड रुपैयाँ बराबर उखु खेती नष्ट भएको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार फलफूल बगैंचातर्फ २२ हेक्टर नष्ट भएकाछ । कास्की, नवलपरासी पूर्व, कञ्चनपुर र रौतहटमा धेरै बगैंचा नष्ट भएको मन्त्रालयको भनाई छ ।

प्रारम्भिक विवरण अनुसार सबैभन्दा धेरै धान खेती नष्ट भएको छ । बाढीले ५८ हजार ४ सय ७६ हेक्टर धानबाली नष्ट भएको छ । बाढीपहिरोले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेमा गरी ३ अर्ब ५० करोड रुपैयाँ बराबर क्षति भएको कृषि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ४ हजार ७ सय ४३ हेक्टर तरकारी बाली नष्ट भएको छ । खोटाङ, मकवानपुर, चितवन, सप्तरी, सिरहा, धनुषा, बारा, पर्सामा तरकारी बाली धेरै नष्ट भएको हो । मन्त्रालयले जनाएअनुसार कृषि बालीमा मात्र नभई माछापोखरी र पशुपन्छीको पनि ठूलो मात्रामा क्षति भएको छ । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा लगायत जिल्लाका ४ सय ५८ हेक्टर माछापोखरीमा क्षति पुगेको छ । माछामा मात्रै १ अर्ब १३ करोड रुपैयाँ बराबर क्षति भएको छ ।

यसैगरी पाँचथर, धनकुटा, तेह्रथुम लगायतका २४ पशुगोठमा क्षति पुगेको छ भने २६ हजार २ सय बढी पशुपन्छीको बाढीका कारण ज्यान गएको छ । पाँचथर, इलाम, सुनसरी, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, ललितपुर, मधेस प्रदेशका सबै जिल्लामा गरी पशुधनको क्षति भएको मन्त्रालयको भनाई छ । यस्तै दुई वटा कोल्डस्टोरमा क्षति पुगेको छ भने १६ करोड बराबरको कृषि सम्बन्धी भौतिक तथा अन्य संरचनामा क्षति पुगेको छ ।

प्रधानमन्त्री ओलीले सरकार सवै क्षतीको एकिन बवरण तयार पारी योजनावद्ध रुपमा राहतदेखि क्षतीपुर्तिसम्मको काममा लाग्ने जानकारी दिनुभयो । ‘यो बिपदको बेला सवैले सवैलाई सहयोग गर्ने र सघाउने समय हो । यस्तो बेला हामी सवै एकतावद्ध र एकजुट बनेर बिपदको सामना गर्नुपर्छ । सरकार हरप्रकारले लागिरहेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।