काठमाडौं, १३असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस नियमित परीक्षामा सहभागि भएका ४ लाख ३८ हजार ८ सय ९६ विद्यार्थी मध्ये यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन्। तीमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ४८ हजार १ सय ७७ जना रहेका छन्। सबैभन्दा बढी ८१ हजार ३ सय ८५ जना विद्यार्थीले ३.२ देखि ३.६ जीपीए हासिल गरेका छन्।
२.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १ सय २४ जना छन् भने २.४ देखि २.८ ल्याउने ४८ हजार ४ सय ७९ जनाको उपस्थिति देखिएको छ।
त्यसैगरी २ देखि २.४ जीपीए ल्याउने ४ हजार १ सय २६ जना विद्यार्थी छन् भने २ जीपीएभन्दा कम प्राप्त गर्ने ८ जना रहेका छन्।
यसैबीच, परीक्षा नियम उल्लङ्घनसम्बन्धी कारणले १ सय २६ जनाको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्