जनता टाइम्स

१३ असार २०८२, शुक्रबार २१:०८

एसईईमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीलाई प्रधानमन्त्रीको बधाई, ग्रेड नल्याएकालाई पनि निराश नहुन आग्रह 


काठमाडौं, १३ असार । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा ग्रेड प्राप्त गर्ने विद्यार्थीहरूलाई बधाई व्यक्त गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उहाँले ग्रेड प्राप्त गर्न सफल भएका सबै विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिनुभएको हो । ‘एसईई परीक्षामा ग्रेड प्राप्त गर्नु भएका भाइबहिनीहरूलाई हार्दिक बधाई’, उहाँले लेख्नुभएको छ, ‘यस वर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नु भएको छ, गत वर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नु भएको थियो भने ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेड रहनु परेको थियो।’

उहाँले यस पटकको नतिजा सुधार हुनुमा विगत वर्षमा गरिएको मेहनतको योगदान रहेको उल्लेख गर्दै यसलाई सकारात्मक उपलब्धि भन्नुभएको छ । उहाँले ग्रेड नल्याएका विद्यार्थीहरूलाई पनि निराश नहुन आग्रह गर्नुभएको छ। ‘बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ, ग्रेड नपाउने विद्यार्थीहरूले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन पनि आउने छ, सबै भाइबहिनीहरूलाई बधाई’, उहाँले लेख्नु भएको छ ।

पूर्वप्रधानमन्त्री ओलीले सबै विद्यार्थीहरूलाई निरन्तर मेहनत, आत्मबल र लगनशीलताका साथ अघि बढ्न प्रेरणा दिनुभएको छ।