जनता टाइम्स

१३ असार २०८२, शुक्रबार २०:१५

प्रधानमन्त्री ओलीले भन्नुभयो– हाम्रो मेहनतले एसईई नतिजामा सुधार भयो


काठमाडौँ, १३ असोज ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूको मेहनतले एसईई नतिजामा सुधार आएको बताउनुभएको छ । एसईई नतिजा सार्वजनिक भएलगत्तै प्रधानमन्त्री ओलीले फेसबुकमार्फत उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै नतिजा सुधारमा आफूहरूले गरेको मेहनत काम लागेको बताउनुभयो । यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नु भएको छ। गत वर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नु भएको थियो भने ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेडेड रहनु परेको थियो । बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ। ग्रेड नपाउने विद्यार्थीहरुले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन पनि आउने छ, प्रधानमन्त्री ओलीले भन्नुभएको छ । यस वर्ष जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ ।