जनता टाइम्स

२५ कार्तिक २०८१, आईतवार ११:३८

सकिएन सहकारी ठगीको अनुसन्धान : फेरि म्याद थप गर्न रवि लामिछानेलाई लगियो अदालत


पोखरा, कार्तिक २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज कास्की अदालतमा लगिएको छ ।

सहकारी ठगीमा अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि पुन: म्याद थपको लागि आज अदालत पेस गरिएको हो । 

पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहनुभएका पूर्वडीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि म्याद थपको लागि अदालत लगिएको छ । 

उहाँहरूविरुद्ध सहकारी  ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको समेत मुद्दा छ ।