काठमाडौं, मंसिर २५ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान झिक्ने गरी वायुसेवा कम्पनीहरूले पहल थालेका छन। जजिरा, फ्लाई दुबई र कतारले भैरहवामा गर्दै आएको अन्तर्राष्ट्रिय उडान रोक्न पहल थालेका हुन।
यो अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो। सञ्चालनमा आएपछि एकैपटक चार वायुसेवा कम्पनीहरूले नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेका हुन । मौसमको कारण देखाउँदै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले उडान झिक्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ।
प्राधिकरणको विन्टर (जाडो) महिनाको उडान तालिका (२७ अक्टुबरदेखि ३१ मार्च) मा ५ अन्तर्राष्ट्रिय वायुसेवाले उडान भर्दै आएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पाँच महिनाका लागि आंशिक रूपमा बन्द भएपछि नेपाल एयरलाइन्ससहित कतार, फ्लाई दुबई, एयर एसिया र जजिराले भैरहवाबाट उडान सुरु गरेका हुन।
भैरहवामा हप्तामा २४ अन्तर्राष्ट्रिय उडान हुँदै आएका थिए। कतारले पहिला नै नोभेम्बर ३० सम्म मात्र उडान गर्ने भनेको थियो। बाँकीले मार्च ३१ २०२५ अर्थात विन्टर तालिकाको पूरै अवधिभर नै उडान गर्ने भनेका थिए। सोही अनुसार उडान भइरहेका थिए। तर, भैरहवा विमानस्थलमा बिहानको मौसममा भिजिबिलिटी कम हुँदा उडानमा असर गरेको गुनासो वायुसेवाहरूको रहेको छ । ‘
यसले एकातिर काठमाडौंको एयर ट्राफिक डिस्टर्ब भइरहेको छ भने यात्रुले पनि धेरै समय पखिर्नुपर्ने अवस्था रहेको छ। अहिलेको लागि जजिराले पहिला नै जनवरीमा उडान नभर्ने गरी बीचमा अप्लाई गरेको र उक्त विमानको सेडियुल त्यही तरिकाले स्वीकृत भएको छ। प्राधिकरणका अनुसार जजिरालाई बीचमा ब्रेक नगर्न भनिएको छ। थाई एयर एसिया र फ्लाई दुबईले केही समयका लागि उडान झिक्ने गरी प्राधिकरणलाई पत्र पठाएका छन।
जनवरी अन्तिमबाट मौसममा सुधार भएपछि फेरि सुरु गर्ने भनेको भुलले बताए। भैरहवामा उडान रोक्ने सम्बन्धमा सम्बन्धित वायुसेवा कम्पनी र प्राधिकरणबीच सोमबार छलफल भएको छ। प्राधिकरणले सबै कम्पनीहरूलाई उडान नरोक्न आग्रह गरेको र कम्पनीहरू पनि सकारात्मक रहेको छ ।
प्राधिकरणले भैरहवामा भइरहेको भिजिविलिटीलाई कम गर्न यही जनवरी २३ मा रिक्यायर्ड नाभिगेसन पर्फमेन्स अथोराइजेशन रिक्वायर्ड (आरएनपीएआर) जडान गर्ने तयारी गरेको जानकारी दिएको छ। अहिले भैरहवामा भीओआरडीएमी एप्रोचबाट विमान उडान तथा अवतरण भइरहेको छ। भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा यस एप्रोजबाट भएको अवतरण हुँदा भिजिबिलिटी १८ सय मिटर चाहिन्छ। भैरहवामा इन्स्टु«मेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) छ। तर, भारतीय अनुमति नपाएर यो प्रणाली लागू हुन सकिरहेको छैन। त्यसको विकल्पको रूपमा आरएनपीएआर एप्रोच लागू गर्न लागेको प्राधिकरणले बताएको छ ।
काठमाडौं विमानस्थल बन्द हुँदा प्राधिकरणले अन्य २ अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि विकल्प दिएको थियो। त्रिभुवन विमानस्थलमा हुने ३० प्रतिशतको उडान कटौतीलाई २० प्रतिशत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट र बाँकी १० प्रतिशत पोखराबाट उडान गराउने प्राधिकरणले विकल्प दिएको थियो।
गौतमबुद्ध र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गराउन सरकारले पनि ग्राउन्ड ह्यान्डलिङमा ७५ प्रतिशत छुट र अन्य ल्यान्डिङ, पार्किङलगायत सबैमा निःशुल्कको व्यवस्था गरेको छ। सरकारले २०८३ सालसम्म यस्तो छुटको घोषणा गरेको छ। यात्रुहरूको सन्दर्भमा पनि यी दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्दा ३ हजार विमानस्थल शुल्क, १ हजार पर्यटन शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर पनि छुट दिइएको छ।
प्रतिक्रिया दिनुहोस्