काठमाडौं, जेठ ६ । नेपाल राष्ट्र बैंकको गभर्नरमा सिफारिस समितिको बैठक सकिएको छ । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलको अध्यक्षतामा बसेको समितिको बैठकले गभर्नरको लागि तीन जनाको नाम सिफारिश गर्दै सम्पन्न भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलपछि गभर्नर नियुक्तिको लागि मन्त्रिपरिषद बैठक बोलाउनु भएपछि उपप्रधान तथा अर्थमन्त्री पौडेल संयोजक रहनुभएको समितिको बैठकले नाम तय गरेको हो।
समितिमा अर्थविद् पोषराज पाण्डे र राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारी सदस्य हुनुहुन्छ । अर्थमन्त्री पौडलको सचिवालयले दिएको जानकारीअनुसार गभर्नरका लागि प्राडा बिश्व पौडेलहित तीन जनाको नाममा टुंगो लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्