जनता टाइम्स

१५ चैत्र २०८१, शुक्रबार २३:२९

जनआन्दोलन समितिका संयोजक सुवेदी नजरबन्दमा


काठमाडौं, १५ चैत । सरकारले राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नेता नवराज सुवेदीलाई नजरबन्द गरिएको छ ।

८७ वर्षीय नेता सुवेदीलाई स्वास्थ्य र उमेरका कारण घरमै नजरबन्द गरिएको हो । उहाँ नेतृत्वको आन्दोलन अराजक बन्दा काठमाडौंमा तोडफोड,आगजनी र लुटपाट भएपछि सरकारले नियन्त्रणमा लिएको हो । राष्ट्रिय पञ्चायतका तत्कालीन अध्यक्ष सुवेदी ३० वर्षदेखि राजनीतिमा सक्रिय हुनुभएको थिएन । यद्यपी उहाँ राप्रपाको नेतृत्वमा हुनुहुन्थो । पछिल्लोपटक पूर्व राजा ज्ञानेन्द्रको आग्रहमा उहा आन्दोलन परिचालन समितिको संयोजक हुनुभएको थियो । शुक्रवारको आन्दोलनमा उहा अश्रु ग्याँस खाएपछि मन्च छाडेर हिँड्नुभएको थियो । उहाँलाई चाबहिल गौरीघाटस्थित निवासबाट बाहिर निस्कन नमिल्नेगरी नजरबन्द गरिएको छ ।