जनता टाइम्स

२१ बैशाख २०८२, आईतवार ०७:१२

दैलेखमा चट्याङ्ग लागेर एक जनाको ज्यान गयो, तीन जना घाइते


काठमाडौं,२१ वैशाख । दैलेखमा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । नौमूले गाउँपालिका–८ चौराठाका ३१ वर्षीय दशरथ चन्दको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

हिजो बेलुका घरमै परेको चट्याङ्ग लागेर एकै परिवारका चार जना घाइते भएका र उपचारका लागि दैलेख अस्पताल ल्याउँदै गर्दा दशरथको ज्यान गएको प्रहरीले जनाएको हो ।

चट्याङ्ग लागेर घाइते हुनुभएकी दशरथकी श्रीमती २७ वर्षीया विपना चन्द, ११ वर्षकी छोरी र तीन वर्षका छोराको दैलेख अस्पतालमा उपचार गरिएको छ ।