जनता टाइम्स

२१ बैशाख २०८२, आईतवार १७:३४

मधेस प्रदेशमा मङ्गलबार सार्वजनिक विदा


काठमाडौं।  मधेश प्रदेश सरकारले यही वैशाख २३ गते अर्थात् मंगलबार सार्वजनिक बिदा दिएको छ ।

मधेस प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिने जनाएको हो ।

मंगलबार जानकी नवमी-सीता जयन्तीको अवसरमा उक्त बिदा दिने निर्णय भएको मन्त्रालयले जनाएको छ।