काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिका–२४ स्थित मखन गल्लीमा रहेको दुई घरमा आगलागी भएको छ । बुधबार बिहान पौने सात बजेदेखि सुरु भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।
सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको चार तले घरबाट सुरु भएको आगलागी नजिकैको अर्को पाँचतले पक्की घरमा पनि सल्किएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
ग्यास लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्