झापा, १ जेठ । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।
हुरीले टिनको छाना भएको घरको बिमले थिचेर उनको मृत्यु भएको हो । यो घटना गए रातिको हो ।
प्रतिक्रिया दिनुहोस्