काठमाडौं । जुम्लामा चट्याङले लागेर २१ भेडा मरेका छन् ।
जुम्लाको गुठिचौर गाउँपालिका–२ को झुलेनीमा चट्याङ पर्दा शनिबार साँझ ५ बजे रुखमुनि बसेका ती भेडा मरेका हुन् । गुठिगाउँका हरिबहादुर ऐडीका १६ र धनकृष्ण रोकायाका ५ वटा भेडा मरेका छन् ।
जङ्गलमा चराउन लगेको बेला रुखमुनि भेडा जम्मा गरिएको थियो । हरिबहादुरका ५० वटा र धनकृष्णका ३० वटा भेडाबाख्रा छन् ।
प्रतिक्रिया दिनुहोस्