जनता टाइम्स

४ जेष्ठ २०८२, आईतवार १९:५०

पशुपति क्षेत्र विकास कोषभित्र जुवा खेलिरहेका ७ जना पक्राउ


काठमाडौं, ४ जेठ । जिल्ला प्रहरी परिसर काठमाडौं काठमाडौं महानगरपालिका( ८ जयवागेश्वरीस्थित पशुपति क्षेत्र विकास कोषको पाले सुत्ने घरमा जुवातास खेलिरहेका ७ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले जयवागेश्वरी बस्ने ६६ वर्षीय भीम संगत, ६७ वर्षीय कविन्द्र भण्डारी, ५९ वर्षीय ईश्वरराज भण्डारी, ४५ वर्षीउ अनुज संगत र ५६ वर्षका बुद्धि तामाङ तथा धादिङको गजुरी गाउँपालिका– ८ घर भएका ४३ वर्षीय देवीबहादुर अधिकारी र बागलुङको वेशीखोला गाउँपालिका– १ घर भएका ५४ वर्षका रेशम सिजालीलाई १ लाख ७ हजार ९१५ रूपैयाँसहित नियन्त्रणमा लिइएको छ ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद र ४ बुक ताससहित पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ । यसैगरी काठमाडौं महानगरपालिका– २९ अनामनगरबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुरको मध्यपुर थिमि नगरपालिका– ३ बस्ने दोलखा भीमेश्वर नगरपालिका७ घर भएका ४० वर्षीय रामजी बस्नेतसहित १० जनालाई २ लाख ५७ हजार ४०० रूपैयाँ र ९ बुक ताससहित पक्राउ गरिएको छ । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरूलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।