काठमाडौं, ५ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी चीन भ्रमणका लागि आगामी साता चीन भ्रमणमा जाँदै हुनुहुन्छ । पूर्वराष्ट्रपतिको सचिवालय स्रोतका अनुसार उहाँ चीनको सरकारी निमन्त्रणामा जेठ १० गते बेइजिङ उड्ने कार्यक्रम तय भएको छ । उहाँले केही एमाले नेताहरूको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने छ । ‘भ्रमण तालिका तयार हुँदैछ, पूर्वराष्ट्रपति भण्डारीले बेइजिङमा उच्च स्तरीय राजनीतिक भेटवार्तासँगै मानसरोवरसम्म भ्रमण गर्ने कार्यतालिका बन्दैछ,’ एक पूर्वराष्ट्रपतिको स्रोतले जनाएको छ ।
भ्रमणका क्रममा मानसरोवर भ्रमण गर्नेदेखि बेइजिङमा उच्च स्तरीय राजनीतिक भेटवार्ता पनि हुने बताइएको छ । गत वर्ष असारमा तय भएको पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण अन्तिम समयमा स्थगित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्