जनता टाइम्स

७ जेष्ठ २०८२, बुधबार २०:१३

सगरमाथा आरोहण गर्ने प्रहरी असई कुञ्जाङ शेर्पाको एक तह बढुवा 


काठमाडौं, ७ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल नेपाल प्रहरीका असई कुञ्जाङ शेर्पाको एक तह बढुवा भएको छ ।

प्रहरी महानिरीक्षक दीपक थापाको अध्यक्षतामा बसेको विशेष बैठकले शेर्पाको विशेष बढुवा गर्ने निर्णय निर्णय गरेको हो । शेर्पाको सई पदमा बढुवा भएको छ ।

शेर्पाले सोमबार सगरमाथाको सफल आरोहण गर्नुभएको छ । बुधबार प्रहरी महानिरीक्षक दीपक थापाको अध्यक्षतामा बसेको बैठकले शेर्पालाई प्रहरी नायव निरीक्षक (सई) मा बढुवा गर्ने निर्णय गरेको नेपाल प्रहरीले जनाएको छ ।

शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल भएको भन्दै उहाँको विशेष बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।