काठमाडौं, ९ जेठ । नेकपा एमाले मुगुले पार्टी कार्यकर्तालाई प्रशिक्षित गराउन प्रशिक्षकहरू उत्पादन गरेको छ ।
जिल्ला पार्टीको आयोजनामा तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गर्नुभएको प्रशिक्षण कार्यक्रममा जिल्लाका अगुवा नेताहरूलाई प्रशिक्षण दिइएको छ । उहाँहरूले अब गाउँ गाउँमा गएर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुहुने छ ।
प्रशिक्षण कार्यक्रममा पार्टी उपमहासचिव ज्ञवालीले नेकपा एमालेको महाधिवेशनको कार्यदिशा : समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा र पार्टीको भूमिकाको विषयमा प्रशिक्षण दिनुभएको थियो ।
संगठन निर्माण, परिचालन र व्यवस्थापनका विषयमा पार्टी संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले प्रशिक्षण दिनुभएको थियो । पार्टी नेता गोरख बोगटीले राजनीतिक दलको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिनुभएको थियो । उहाँले अन्य दल र नेकपा एमाले बिचको भिन्नता बारे प्रकाश पार्नुभएको थियो ।
यसै गरी सदन व्यवस्थापनका विषयमा सुन्दर लामिछाने र घनश्याम कोइरालाले प्रकाश पार्नुभएको थियो । नेतृत्व विकासको विषयमा गेहेन्द्र दाहालले, प्रशिक्षण सिप, कल र शैलीका विषयमा घनश्याम कोइरालाले, सूचना प्रविधि र पार्टी काममा प्रयोगका विषयमा सुन्दर लामिछानेले, कर्णालीको पार्टी निर्माण योजनका विषयमा टेकनाथ प्रसाईँले, मुगु जिल्लाको कम्युनिष्ट आन्दोलनको इतिहासको बारेमा मोहन वानियाले, मुगुको विकासमा एमालेको भूमिका विषयमा जीतबहादुर मल्ल प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष पूर्णबहादुर मल्लले पालिका र वडा स्तरको प्रशिक्षण योजना प्रस्तुत गर्नु भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्